दोधारा चाँदनीमा जलवायु परिवर्तन उत्थानशिल तेस्रो चरणको परियोजना संचालन

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनीको दुई वटा वडामा समुदायको लागी जलवायु परिवर्तन उत्थानशिल परियोजना संचालन हुने भएको छ् । निड्स नेपाल कञ्चनपुरले दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३ र १० वडामा समुदायको लागी जलवायु परिवर्तन उत्थानशिल तेस्रो परियोजना संचालन गर्न एक कार्यक्रमको बिच जानकारी गराएको छ् । यस अघि निड्स नेपालले जलवायु परिवर्तन उत्थानशिल पहिलो र दोस्रो परियोजना दोधारा चाँदनी नगरपालिका क्षेत्रमा संचालन गरिसकेको छ् । दोधारा चाँदनी नगरपालिकाको सभा कक्षमा परियोजनाको बारेमा जानकारी गराईएको छ् । सन २०२४ देखि सन २७ सम्म परियोजना संचालन हुने निड्स नेपालको समुदायको लागी जलवायु परिवर्तन उत्थानशिल तेस्रो परियोजनाका कार्यक्रम संयोजक नविन भण्डारीले जानकारी दिनुभएको छ् ।

परियोजनाले दोधारा चाँदनीको वडा नं. ३ र १० मा बाढी र तातो मौसमी हावाको क्षेत्रमा काम गर्ने निड्स नेपालको समुदायको लागी जलवायु परिवर्तन उत्थानशिल तेस्रो परियोजनाका कार्यक्रम संयोजक नविन भण्डारीले बताउनुभएको छ् । परियोजनाले गर्न खोजेको काम र उद्धेश्यको बारेमा दोधारा चाँदनी नगरपालिका कार्यालयका शाखा प्रमुख, जनप्रतिनिधीहरुलाई जानकारी गराईएको परियोजनाका कार्यक्रम संयोजक नविन भण्डारीले बताउनुभएको छ् । जलवायु परिवर्तन विश्वव्यापी रुपमा देखापरेको गम्भीर समस्या, नेपाल जलवायु परिवर्तनको असर, समुदायमा जीविकोपार्जन प्राकृतिक असरको बारेमा कार्यक्रममा जानकारी गराईएको छ् ।

कार्यक्रममा बोल्दै दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले निड्स नेपालले संचालन गर्न थालेको समुदायको लागी जलवायु परिवर्तन उत्थानशिल तेस्रो परियोजनाको स्वागत गर्नुभएको छ् । संघ–संस्थाहरुले काम गर्दा स्थानिय सरकार र स्थानियबासीहरु आवश्यकता र सल्लाहले काम गर्दा कार्यक्रमको प्रभावकारीता र महत्व रहने बताउनुभएको छ् । सो ढंगले निड्स नेपालले समुदायमा काम गरेको पाईएको नगरप्रमुख लिम्बुले बताउनुभएको छ् । परियोजना अत्यन्तै महत्वपुर्ण, अत्यन्तै आवश्यकताजनक रहेको बताउदै नगरप्रमुख लिम्बुले अझै सम्म कुनै पनि सरकारी तथा गैरसरकारी संस्थाहरुले मौसमी हावाको बारेमा कुनै प्रकारको कार्यक्रम संचालन नगरेको बताउनुभएको छ् ।

दोधारा चाँदनी नगर क्षेत्रमा वन्यजन्तु र मानव बिच हुदै आएको द्धन्द्ध सम्बन्धी बिशेष प्रकारको कार्यक्रम संचालन गर्न नगर प्रमुख किशोर कुमार लिम्बुले संघ–संस्थाहरुलाई अनुरोध समेत गर्नुभएको छ् ।

 

ताजा समाचार