ग्रामीण अल्ट्रासाउण्ड सेवा प्रभावकारी बन्दै

राजेन्द्रप्रसाद पनेरु / कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाका स्वास्थ्य चौकीमा ग्रामीण अल्ट्रासाउण्ड सेवा सञ्चलनले गर्भवती महिलालाई निकै सहज भएको छ । बाह्य क्षेत्रमा चर्को शुल्क तिरेर गर्भमा रहेको बच्चाको अबस्था पत्ता लगाउनका लागि अल्ट्रासाउण्ड गराउनु पर्ने झन्झट हटेर गएको छ । नगरपालिकाले गर्भवती महिलाहरुलाई चार वर्ष अघि देखि निरन्तर रुपमा स्वास्थ्य चौकीमै निःशुल्क रुपमा अल्ट्रासाउण्ड सेवा प्रदान गर्दै आएको छ ।विसं २०७७ साल देखि पिपलाडी, झलारी र पिताम्बर गरी तीन वटा स्वास्थ्य चौकीहरुबाट अल्ट्रासाउण्ड सेवा प्रदान गरिदै आएकोमा हाल सेवा विस्तार गरी आठ वटा स्वास्थ्य संस्थामा पुरयाईएको छ । “पहिलो वर्ष तीन वटा स्वास्थ्य चौकीमा सेवा शुरु गरया”ैं नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले भन्नु भयो, “त्यस पछि आधारभूत स्वास्थ्य केन्द्र वनसमिति, सहरी स्वास्थ्य केन्द्र बेलडाँडीमा सेवा विस्तार गरयौं, यस वर्ष देखि आधारभूत स्वास्थ्य केन्द्र कालागौंडी, सहरी स्वास्थ्य केन्द्र बन्साह र आधारभूत स्वास्थ्य केद्र दीपनगरमा सेवा विस्तार गरेका छौं ।” उहाँका अनुसार सेवा सञ्चालनका लागि तीन जना नर्सिङ स्टापलाई २१ दिने आधारभूत तालिम संगै पुर्नताजगी तालिम दिई दक्ष पारिएको छ ।

प्रत्येक महिनाको १२ गते देखि १९ गते सम्म स्वास्थ्य संस्थाहरुमा अल्ट्रासाउण्ड सेवा सञ्चालन हुने गरेको छ । अल्ट्रासाउण्ड सेवा दुर्गम ग्रामीण क्षेत्र सम्म पुरयाएर मातृ शिशुको मृत्यु दरलाई शून्यमा झार्न मद्दत पुगेको शाखा प्रमुख भट्टको भनाई रहेको छ । “गर्भमा रहेको शिशुको अबस्था बारे अल्ट्रासाउण्डको माध्यमबाट सहजै पत्ता लाग्ने गर्दछ” उहाँले भन्नुभयो, “जोखिमा रहेको गर्भबारे गर्भवती आमा संगै अभिभावकलाई समयमै जानकारी गराईने भएकाले मातु र शिशुको ज्यान जोगउन सकिन्छ, विगतमा गर्भमा रहेको शिशुको अबस्था पत्ता नलाग्दा मातृ र शिशुको ज्यान जाने गरेको थियो अल्ट्रासाउण्ड सेवा सञ्चालनले गर्भवती आमालाई निकै सहयोग पुरयाएको छ ।” अल्ट्रासाउण्डको माध्यमबाट गर्भमा रहेको शिशुको अबस्था, तौल, गर्भको हप्ता, शिशुको बृद्धि विकास, प्लासेन्टाको पोजिसन कस्तो छ त्यो हेर्न सकिने सिअनमी प्रतिमा न्यौपानेले बताउनु भयो । “अल्ट्रासाउण्डका माध्यमबाट गर्भको जोखिमको पहिचान हुन्छ” उहाँले भन्नुभयो, “बच्चा गर्भासयमा खेल्ने नखेल्ने बारे जानकारी हुन्छ, ‘एम्नियोटिक’ तरल पदार्थ कति छ भनेर हेर्न सकिन्छ, शिशुको मुटुको धडकन बारे जानकारी हुन्छ ।” अल्ट्रासाउण्ड सेवा दुगर्म ग्रामीण क्षेत्र देखि सुगमका बजार क्षेत्र सम्मका गर्भवती महिलाहरु सम्म पुगेकाले महिलाहरुले यहि सेवाका लागि बाह्य क्षेत्रमा खर्चनु पर्ने ठुलो धनराशी जोगिएको उहाँले बताउनु भयो ।
“एक पटक अल्ट्रासाउण्ड गराउदा नीजि क्षेत्रका अस्पतालहरुले रु एक हजार छ सय सम्म शुल्क लिने गरेका छन, पटक पटक चेकजाँच गराउनु पर्ने भएकाले निकै रकम खर्च हुन्छ” आमा समुहमा आवद्ध सिता डगौराले भन्नुभयो, “टाढाका अस्पतालमा यातायातका साधन चढेर पुग्नु पर्ने हुन्छ, त्यसको खर्च थप हुन्छ, खर्च संगै अस्पतालहरुमा पालो कुर्नु पर्ने हुन्छ ।”
“अल्ट्रासाउण्ड सेवा ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाहरुमा निःल्क उपलव्ध हुन थालेपछि गर्भवती महिलाहरुले बाह्य क्षेत्रमा खर्चनु पर्ने रकम जोगिएको छ, पालो कुर्नु पर्ने अबस्था पनि छैन, यातायातका साधन खाज्दै हिडनु पनि परेको छैन, घरदैलोमै सेवा पाईदा निकै सहज भएको छ” उहाँले भन्नुभयो ।नगरपालिकाको स्वास्थ्य शाखका अनुसार गत वर्षको असार मसान्त सम्म २० वर्ष मूनिका ३३, २० वर्ष माथिका एक हजार ९७ र १९ जना जटिल प्रकृतिका गर्भवती महिलाहरुले अल्ट्रासाउण्ड सेवा लिएका छन । अल्ट्रासाउण्ड सेवा निकै प्रभावकारी देखिएकाले स्वास्थ्य शाखाले नगरपालिकाका १२ वटै वडामा सेवा पुरयाउने लक्ष्य राखेको छ ।जसका लागि शाखाले सुदूरपश्चिम प्रदेश विशेष अनुदान कार्यक्रम अन्र्तगत थप तीन वटा अल्ट्रासाउण्ड मेसिन संगै औजार, उपकरण खरिद गर्ने योजना बनाएको छ ।त्यसका लागि नगर सभामा प्रस्ताव गरिएको रु ५१ लाखको बजेट स्वीकृत भए सेवालाई अझै प्रभावकार िबनाउन सकिने बताईएको छ ।अल्ट्रासाउण्ड सेवाका लागि हाल एक वटा मात्रै मेसिन उपलव्ध गरहेको छ । सोही मेसिन सेवा सञ्चालन गरिएका स्वास्थ्य संस्थामा लगेर सेवा दिनु पर्ने अबस्था रहेको छ ।

ताजा समाचार