साफ यु–२० च्याम्पियनसिप: देउवा लाई नेपालको कप्तानको जिम्मेवारी

कञ्चनपुर : साफ यु–२० च्याम्पियनसिपमा नेपाली राष्ट्रिय फुटबल टोलीको कप्तानी कुशल देउवाले गर्ने भएका छन्।

गत वर्ष नेपालमै भएको साफ यु–१९ को कप्तानी गोलरक्षक जियारथ सेखले गरेका थिए। कुशलले उक्त प्रतियोगिता सेखको कप्तानीमा खेलेका थिए।साफ यु–२० खेल्ने टोलीमा जियारथले पनि निरन्तरता पाएका छन्। यद्यपि, यसपल्ट मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले कप्तानी जिम्मेवारी कुशललाई नै दिएका छन्।

उनीसँग ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेलेको अनुभव रहेको छ। जियारथ भने ‘ए’ क्लब मनाङ मर्स्याङ्दी फुटबल क्लबका बेन्च प्लेअर हुन्।गत सिजन उनी मनाङसँगै रहेपनि खेल्ने अवसर भने प्राप्त गरेनन्। उक्त सिजन राष्ट्रिय टोलीको अनुभव सम्हालिसकेका कप्तान दीप कार्कीले नै गोल पोस्ट सम्हालेका थिए।

जित्ने ‘मेन्टालिटी’ लिएर खेल्छौं : कप्तान कुशल

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका कप्तान कुशल देउवाले साफ यु–२० च्याम्पियनसिप जित्ने ‘मेन्टालिटी’ लिएर खेल्ने बताएका छन्। नेपालले उद्घाटन खेलमा आइतबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।नेपाल र श्रीलंका रहेको समूह ‘ए’ मा बंगलादेश पनि छ। अर्को समूहमा साबिक विजेता भारत, माल्दिभ्स र भुटान छन्। ‘हाम्रो तयारी राम्रो भइरहेको छ। टोलीमा पहिलाभन्दा धेरै सुधार आएको छ। युवा, ऊर्जावान् र अनुभवी खेलाडी भएको कारण उपाधि जित्ने मेन्टालिटी लिएर उत्रिन्छौं,’ उनले भने।यु–२० टोलीले यसपल्ट चर्च ब्वाइज युनाइटेडसँग तीन र आर्मीसँग केही अभ्यास खेल खेलेको थियो। जसको कारण टिमको तालमेल पनि राम्रो भएको उनले बताए।

घरेलु मैदानमै यो प्रतियोगिता हुने भएको कारण पनि सहयोग पुग्ने बताए। यद्यपि, उमेर समूहमा नेपाल जहिल्यै बलियो देखिए पनि सबै टोलीलाई हलुकामा नलिई खेल्ने पनि उनले बताए।

ताजा समाचार

spot_img