निङ्गलाशैनी बहुउद्देश्यीय सहकारीद्वारा सितलचिनीको विरुवा वितरण

कञ्चनपुर : भीनपा–१५मा निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाले गोबरैया क्षेत्रलाई स्वास्थ्य क्षेत्रको प्रवद्धनका लागि सितल चिनी (मोरिङ्गा)को १ हजार विरुवा वितरण गरेको छ । वन डिभिजन कञ्चनपुरको सहयोगमा निङ्गलाशैनी बहुउद्देश्यीय सहकारीले एक कार्यक्रम विच सितल चिनी (मोरिङ्गा)को विरुवा स्थानीयहरुलाई वितरण गरेको हो ।

‘स्वाथ्यको लागि अति उत्तम मानिने सितलचिनी बहुगुणी रहेको छ यसमा मानिसलाई लाग्ने ग्यास्ट्रिक, सुगर, उच्च रक्तचाप, कोलेस्ट्रोल, मुटुको समस्या, किड्नीको समस्या, थायराईड, मानसिक तनाव, कब्जियत र छाला सम्बन्धि रोग जस्ता ३०० रोग सँग लड्ने क्षमता रहेको बताईन्छ । सहकारीका सदस्यहरुको आर्थिक अवस्था सुधार गर्नुको साथै स्वास्थ्य रहनको लागि पनि सितल चिनीको विरुवा वितरण गरिएको’ लेखा संयोजक दुर्गादत्त भट्टले बताए । उनले भने ‘नेपालको पूर्विय भाग र भारतको विभिन्न भागमा यसको औषधीको रुपमा प्रयोग भई रहेको र हाम्रो यहाँ पनि अहिले आएर औषधीको रुपमा प्रयोग हुनुको साथै यसको महत्व बढ्दै गई रहेको छ ।’

‘बजारमा २२ सय रुपैया केजी पाउने सितलचिनीको धुलो हामी ११ सय रुपैयामा बेच्दै आई रहेका छौं । सहकारी सदस्यहरुले सितलचिनीको विरुवाको पात सुकाएर धुलो बनाई ल्याएमा १ केजीको रु.३००का हिसाबले सहकारीले खरिद गर्ने छ । जसले गर्दा सहकारी सदस्यहरुको आर्थिक अवस्था सुधार आउनुको सार्थै स्वास्थ्यमा पनि सुधार हुने निङ्गलाशैनी बहुउद्देश्यीय सहकारीका कार्यकारी प्रमुख प्रेम सिह भाटले बताए ।

ताजा समाचार