बाघको आक्रमणबाट ज्यान गुमाएका हिराको परिवारलाई नगरपालिकाको सहयोग

दोधारा । कञ्चनपुरमा बाघको आक्रमणबाट ज्यान गुमाएकी २३ वर्षिय हीरा शाहको परिवारलाई दोधारा चाँदनी नगरपालिकाले आर्थिक सहयोग गरेको छ् । बिहिबार दोधारा चाँदनी नगरपालिका–२ कमलशा टोलकी हिरा शाहीले खेतमा धान गोड्ने क्रममा बाघको आक्रमणमा परी ज्यान गुमाएकी हुन् ।

खेतमा धान गोड्ने (घास काट्ने) क्रममा पछाडी पट्टी रहेको उखुाबारीबाट बाघले आक्रमण गर्दा शाहीको मृत्यु भएको हो । शुक्रबार दोधारा चाँदनी नगरपालिकाले मृतक शाहको परिवारलाई रु. ५० हजार आर्थिक सहयोग गरेको छ् ।

पीडित परिवारलाई नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट उक्त आर्थिक सहयोग गरिएको नगर प्रमुख किशोर कुमार लिम्बुले बताए । दोधारा चाँदनी नगरपालिका–२ का वडाध्यक्ष पदम रावलले आज उक्त आर्थिक सहयोग मृतक शाहको परिवारलाई हस्तान्तरण गरेका हुन् ।

 

ताजा समाचार