मेयर लिम्बु र वडाध्यक्ष रोकायाको सहभागितामा अस्थायी तटबन्ध निमार्ण गर्न कस्सीए सुन्दरनगरबासी

दोधारा । बस्तीलाई बाढीबाट जोगाउन सुन्दरनगरबासीहरु अस्थायी तटबन्ध निमार्ण गर्न आफै कस्सीएका छन् । कञ्चनपुरको दोधारा चाँदनी नगरपािलका– ८ सुन्दरनगर बस्तीलाई बाढीबाट जोगाउन स्थानियबासीहरु संग जनप्रतिनिधीहरु अस्थायी तटबन्ध निमार्ण कार्यमा आज बिहानै देखि श्रमदान गर्न थालेका छन् । तारजाली बाँधेरमा बोरामा बालुवा हालेर अस्थायी तटबन्ध निमार्ण कार्य सुरु गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । ‘रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षा संगै जगबुडा नदीको बाढी सुन्दरनगर बस्तीमा पसेर ठुलो धनमालको क्षती बनाएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छन् ।

फेरी बाढी आएपछि बस्तीमा पानी नपसोस भनेर अस्थायी तटबन्ध निमार्ण कार्य सुरु गरिएको नगर प्रमुख लिम्बुले बताउनुभएको छ् । यस्तै दोधारा चाँदनी नगरपालिका– ८ का वडाध्यक्ष ओंम प्रकाश रोकायाले दोधारा चाँदनी नगरपालिकामा गएको २४ र २५ गते आएको अबिरल वर्षा संग जगबुडा नदीको भंगालो सुन्दरनगर बस्तीमा पसेपछि स्थानियहरुलाई ज्यान बचाउन सकस भएको बताउनुभएको छ् । पानी बस्तीमा पस्न रोक्नको लागी हालको लागी अस्थायी तटबन्ध निमार्ण कार्य अघि बढाईएको वडाध्यक्ष रोकायाले बताउनु भएको छ् ।

बस्तीको सबै भन्दा होचो भाग भएको हुदा सो क्षेत्रमा अस्थायी तटबन्ध बनाए बस्तीमा पानी नपस्ने उहाँले बताउनुभएको छ् । स्थानियहरुको जनश्रमदान र नगरपालिका र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सहयोगमा अस्थायी तटबन्ध निमार्ण कार्य सुर गरिएको उहाँको भनाई रहेको छ् । नेपाल सरकारले तत्काल पक्की तटबन्ध बनाउनु पर्ने माँग राख्दै स्थानियबासी कमला भण्डारी खड्काले बस्ती जोगाउन सबै मिलेर अस्थायी तटबन्ध निमार्ण कार्य गर्न लागेको बताउनुभएको छ् । अस्थायी तटबन्ध निमार्ण कार्यमा नगर प्रमुख किशोर कुमार लिम्बु, वडाध्यक्ष ओंम प्रकाश रोकाया र स्थानियहरुको उत्साहजनक उपस्थिती रहेको उहाँको भनाई रहेको छ् ।

स्थानियबासी, सामुदायिक विपद् व्यस्थापन समितिका टोली र जनप्रतिनिधीको टोलीले अस्थायी तटबन्ध निमार्ण कार्यमा जनश्रमदान गरेको कमला भण्डारी खड्काको भनाई रहेको छ् । दोधारा चाँदनी ‘रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षा संगै आएको महाकाली नदी र जगबुडा नदीको बाढीले दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३, ६, ७, ८, ९ र १० वडा बढी प्रभावित बनाएको हो । बाढीको कारण नगर क्षेत्रको १ सय २ घर पुर्णरुपमा क्षती बनाएको छ् ।

यस्तै बाढीले करिब २ सय ६६ दशमलव २६ हेक्टर जग्गाको अन्नवाली नष्ट गरेको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् ।

ताजा समाचार