पटरा खल्लाका बाढी पिडित घरपरिवारलाई वडाध्यक्ष खत्रीको पहलमा लुगा

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ३ पटरा खल्लाका बाढीपिडित २७ घरपरिवारलाई लत्ताकपडा बितरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीको पहलमा पटरा खल्लाका २७ घरपरिवारलाई उनिहरुलाई लगाउने लुगाकपडा बितरण गरिएको वडाध्यक्ष केशव खत्रीले जानकारी दिनुभएको छ् । वडाध्यक्ष खत्रीले आफ्नै निवासमा बाढीपिडितहरुलाई बोलाएर लगाउने लुगाकपडा बितरण गरिएको वडाध्यक्ष केशव खत्रीले बताउनुभएको छ् । काठमाण्डौं स्थित भाटभटेनी संस्थानबाट प्राप्त लत्ताकपडालाई पिडामा रहेका पटरा खल्लाका २७ घरपरिवारलाई लुगाकपडा बितरण गरिएको उहाँले बताउनुभएको छ् । यस पछि पनि दोधारा चाँदनी नगरपालिका क्षेत्रमा रहेका बाढीपिडतहरुलाई खाद्यान्न बितरण गर्ने योजना रहेको उहाँले बताउनुभएको छ् ।

गएको २४ र २५ गते आएको अबिरल वर्षा संग जगबुडा नदीको भंगालो बस्ती पसेपछि वाढीले घरमा भएको अन्न, रासनपानी सरसमान संगै बस्तुभाउ पनि बगाईदिएपछि आफु र वालवालिकाहरुलाई ज्यान जोगाउनै समस्या परेको दोधारा चाँदनी नगरपालिका– ३, पटरा खल्लका लक्ष्मी सुनारले बताउनु भएको छ् । मध्यरातमा बस्तीमा पसेको जगबुडा नदीको भंगालोले सबै बगाएपछि आफुहरु एकसरो कपडामा दिन बिताउनु परेको लक्ष्मी सुनारले बताउनुभएको छ् । वडाध्यक्ष केशव खत्रीले आफु र आफ्नो घरपरिवारलाई लगाउने लुगाको ब्यवस्था गरिदिएको भन्दै वडाध्यक्ष खत्रीलाई लक्ष्मी सुनारले धन्यबाद दिनुभएको छ् ।

पटरा खल्लाका बाढीपिडितहरु अझै सम्म बिद्यालय आश्रय लिएर बस्दै आएका छन् । उनिहरु अझै सम्म जमुना आधारभुत बिद्यालयका आश्रय स्थल लिएर बस्दै आएका छन् । एकसरो कपडामा दिन काट्दै आएका पटरा खल्लाका अर्का स्थानिय मंगल सुनारले लगाउने लुगा पाएपछि वडाध्यक्ष केशव खत्री र काठमाण्डौं स्थित भाटभटेनी संस्थानलाई बिशेष धन्यबाद दिनुभएको छ् । पटरा खल्लाका घरहरु क्षती देखि खेतबारी बालुवामा परिणत भएपछि उनीहरु घर फर्किन सकेका छैनन । २७ परिवार मध्ये १६ परिवार विद्यालयमै आश्रय लिएर बसेका छन् ।

भने १० परिवार आफन्त र छिमेकीको घरमा बस्दै आएका छन् । अबिरल वर्षा संग जगबुडा नदीको भंगालो बस्ती पसेपछि पटरा खल्लाका वाढी पीडित अझै घर फर्किने अवस्था नभएपछि बाध्य भएर विद्यालयमै बस्नु परेको उनिहरुको भनाई रहेको छ् । दोधारा चाँदनी नगरपालिका नगरप्रमुख किशोर कुमार लिम्बुले पटरा खल्लाका बाढीपिडतहरुलाई बस्नको लागी ब्यवस्था गर्ने तयारी भईरहेको बताउनुभएको छ् ।

ताजा समाचार