कञ्चनपुर : कञ्चनपुरका वाढीपीडितलाई राहत वितरण गरिएको छ । जिल्लामा चार पालिकामा रहेका वाढीपीडितलाई राहत वितरण गरिएको हो । नेशनल लघुवित्त वित्तिय संस्था लिमिटेडले वाढीपीडितलाई राहत वितरण गरेको छ । नेशनल लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्नो समुहमा आबद्ध रहेका वाढीपीडित सदस्यहरुलाई मात्रै राहत वितरण गरेको हो । नेशनल लघुवित्त वित्तिय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम प्रशाद यादवले विपद्का बेला प्रभावित भएका संस्थाका ग्राहक सदस्यहरुलाई संस्थाबाट सक्दो खाद्यान्न एव गैर खाद्यान्न राहत समाग्री वितरण गरिएको बताए । उनका अनुसार बेलौरी, बेदकोट, भीमदत्त र दोधाराचाँदनी नगरका ३ सय ७ वाढीपीडित परिवारलाई राहत खाद्यान्न वितरण गरिएको छ । भीमदत्त, दोधाराचाँदनी र बेदकोट नगरका २सय ६५ परिवारलाई प्रति परिवार एक बोरा चामल, १किलो दाल, १लिटर खानेतेल, १किलो नुन सहित एक त्रिपाल वितरण गरिएको छ ।

भने, बेलौरीका ४२ वाढी पीडितलाई त्रिपाल बाहेक अन्य खाद्यान समाग्री वितरण गरिएको छ । नेशनल लघुवित्त वित्तिय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत यादवले विपद्, महामारीका बेला संस्थाबाट यसरी नै आफ्ना सदस्यहरुलाई अति आवश्यकीय बस्तु तथा खाद्यान्न समाग्री वितरण गर्दै आएको बताए । नेशनल लघुवित्त वित्तिय संस्था लिमिटेडका सुडा कञ्चनपुरका शाखा प्रमुख मिना रिजालले लघुवित्तिय संस्थामा आबद्ध रहेका समुहका ग्राहक सदस्य जो वाढी पीडित भए उनीहरुलाई संस्थाबाट समाजिक उत्तरदायित्व अन्र्तरगत सक्दो राहत वितरण गरिएको बताईन । ‘यो विपद्का बेला हामीले हाम्रा ग्राहक सदस्यहरुको पीडा मनन गर्दै स्थानीय, संघीय सरकारसग समन्वय गरेर पीडितलाई राहत वितरण गरेका छौँ, ‘उनले भनिन, ‘आगामी दिनमा पनि विपद्का बेला ग्राहकका लागि सक्दो सहयोग गछौँ ।’ नेशनल लघुवित्त वित्तिय संस्था लिमिटेड अत्तरिया कैलाली शाखा प्रमुख मनोज पण्डितले लघुवित्तबाट पीडितको घाउमा मलम लगाउने काम भएको बताए । उनले गत असार अन्तिम साता कैलाली, कञ्चनपुरमा आएको वाढीले पीडित भएका संस्थाका सदस्यहरुलाई केही दिनका लागि जिवनमा आईपर्ने समस्या टार्न राहत दिएको बताए ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत सरिता पन्थीले संकटका बेला लघुवित्तमा आबद्ध भएका ग्राहक सदस्यहरुलाई वितरण गरिएको राहतले पीडितका दैनिक समस्यामा केही सुधारका लागि टेवा पुग्ने बताईन । जनप्रतिनिधीले समेत नेशनल लघुवित्त वित्तिय संस्था लिमिटेडबाट आफ्ना ग्राहक सदस्यहरुलाई राहत वितरण कार्यक्रम प्रभावकारी भएको बताएका छन । बेदकोट नगर उपप्रमुख तुलसी जोशीले स्थानीय सहितका तीनै तहका सरकारले गर्न नसकेको काम लघुवित्तले गरेको भन्दै धन्यवाद प्रकट गरेकी छिन । उपप्रमुख जोशीले संकटका बेला सरकारको मुख ताक्नु भन्दा सरोकारवाला पक्षले पीडितका लागि यसरी नै सहयोग गर्नुपर्ने बताईन । राहत पाएपछि नेशनल लघुवित्त वित्तिय संस्था लिमिटेडका ग्राहक सदस्य हर्षित भएका छन । स्थानीय सरकारले पीडित भएको लामो समयसम्म पनि राहतका लागि वास्ता नराखेको अवस्थामा लघुवित्तबाट राहत पाएको भन्दै खुसी व्यक्त गरेका छन ।

