सामाजिक अभियन्ता दुर्गाको पहलमा बाढीपिडित वालवालिकालाई शैक्षिक सामग्री र नगद रकम

पप्पु गुरुङ्ग, दोधारा । सामाजिक अभियन्ता तथा बिद्यार्थी दुर्गा बडुवाल को पहलमा दोधारा चाँदनी नगरपालिका– ३ पटरा खल्लाका बाढीपिडित वालवालिकाहरुलाई शैक्षिक सामग्री र नगद रकम सहयोग गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ४ निवासी तथा सामाजिक अभियन्ता दुर्गा बडुवालको पहल र काठमाण्डौं निवासी उर्मिला शेरचन, युकेमा निवासी लिला राई, जापानमा निवासी प्रमिला गौचन डंगोल, पुर्णिमा शेरचनको सहयोगमा पटरा खल्लाका ३० जना वालवालिकालाई कापी, कलम, झोला लगाएत सामग्री उपलब्ध गराईएको हो । गएको २२ गते देखि २४ सम्म आएको अबिरल वर्षा संग महाकाली नदी र जगबुडा नदीको बाढीले बिद्यार्थीहरुको शैक्षिक सामग्रीमा क्षती पुर्‍याएर पटरा खल्लाका एलिसा सुनारले हिल्याम्मे आफ्नो कापी, किताव नियाल्दै गरेको मार्मिक तस्विर सामाजिक सञ्जालमा सार्वजनिक भए संगै सो क्षेत्रका वालवालिकालाई पठन पाठनमा सहजताको लागी काठमाण्डौं निवासी उर्मिला शेरचन, युकेमा बस्ने लिला राई, जापानमा बस्ने प्रमिला गौचन डंगोल, पुर्णिमा शेरचनले सहयोग गरेको बताईएको छ् ।

सुक्रवार एक कार्यक्रम बिच दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले वालवालिकाको पठन पाठनमा सहयोग पुर्‍याएको भन्दै पहलकर्ता सामाजिक अभियन्ता दुर्गा बडुवाल लगाएत काठमाण्डौं निवासी उर्मिला शेरचन, युकेमा बस्ने लिला राई, जापानमा बस्ने प्रमिला गौचन डंगोल, पुर्णिमा शेरचनलाई बिशेष धन्यवाद दिएका छन् । कार्यक्रममा एसिला सुनारलाई पठन पाठन सहयोग पुगोस भन्नको लागी नगद रकम रु . १२ हजार ५ सय हस्तान्तरण गरिएको सामाजिक अभियन्ता दुर्गा बडुवालले बताएका छन् । ‘रु. १२ हजार ५ सय एलिसा सुनारलाई नगद रकम हस्तान्तरण गरिएको र बाँकी रहेको रु. १२ हजार ५ सय को शैक्षिक सामग्री वालवालिकालाई बितरण गरिएको हो’ दुर्गा बडुवालले भने ।

बाढीले वालवालिकाको पठन पाठन कार्यमा सघाएको भन्दै अभिभावकहरुले समेत दाताहरुलाई धन्यबाद दिएका छन् । बाढीले दोधारा चाँदनी नगरपालिका क्षेत्रका २ हजार बिद्यार्थीहरुको शैक्षिक सामग्रीमा क्षती बनाएको दोधारा चाँदनी नगरपालिका कार्यालय शिक्षा शाखाले जनाएको छ् ।

अविरल वर्षा संगै जगबुडा नदी र महाकाली नदीको जलसतह बढेपछि होचा भू–भागमा रहेका दोधारा चाादनी नगरपालिकाको वडा नं. ३, ६, ७, ८, ९ र १० वडाहरुका बस्तीहरु प्रभावित बनाएको हो ।

ताजा समाचार