भगवती सामुदायिक वनको परिसरमा बृक्षारोपण

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको एक साुमदायिक वनमा बृक्षारोपण गरिएको छ । शुब्क्लाफाँटा नगरपालिका ८पारीफाँटाको भगवती सामुदायिक वनमा बृक्षारोपण गरिएको हो । सामुदायिक वन समन्वय समिति र सामुदायिक वनकै आयोजनामा बृहद बृक्षारोपण गरिएको सामुदायिक वनले जनाएको छ ।

भगवती सामुदायिक वनका अध्यक्ष केशव सिह धामीले शुक्रबार विभिन्न प्रजातिका बिरुवा रोपिएको बताए । बृक्षारोपण कार्यक्तममा शुक्लाफाँटा नगरपालिका ८का वडाध्यक्ष बहादुर सिह महरा, सामुदायिक वनका अध्यक्ष केशव सिह धामी, सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेश दत्त जोशी सहितका सरक्षणकर्मीको सहभागिता रहेको थियो । सामुदायिक वन समन्वय समितिले १साउनदेखि साताप्यापी बृक्षारोपण कार्यक्रम संचालन गरेको छ ।

ताजा समाचार