जैविक विविधता संरक्षण गर्न सरोकारवालाको प्रतिबद्धता

महेन्द्रनगर : कञ्चनपुरका सरोकारवाला निकायले जैविक विविधता संरक्षण गर्न प्रतिबद्धता जाहेर गरेका छन ।मित्र समाज काठमाडौको आयोजना, जागृती फाउण्डेशन धनगढीको समन्वय एव यूएसएआईडी दाइ अन्तर्गत जलजंगल परियोजनाको सहयोगमा जिल्ला स्थित महेन्द्रनगरको सदरमुकाम मा सोमबार आयोजित जैविक विविधता र वातावरणीय विषयमा सरोकारवाला निकाय बीच गोलमेच बैठक कार्यक्रममा सरोकारवाला निकायले जैविक विविधता संरक्षणमा प्रतिबद्धता जाहेर गरेका हुन ।

संरक्षणका क्षेत्रमा कार्यरत सरकारी एव गैर सरकारी संघ संस्था, प्रशासन, सुरक्षा निकायका प्रतिनिधीहरुले जैविक विविधता क्षेत्रमा जोडदिदै आ–आफ्नो क्षेत्रबाट प्रतिबद्धता जाहेर गरेका छन ।

सामुदायिक वन समन्वय समिति कञ्चनपुरका उपाध्यक्ष नरेश राज भट्टले सरक्षणका क्षेत्रमा नागरिकलाई सहभागिता आवश्यक रहेको औल्याए । उनले सीमावर्ती क्षेत्रमा लालपुर्जा भएका नागरिकलाई बैंकिङ्ग सुविधा दिनुपर्ने बताए । स्थानीय सरकारहरुले खोलानाला दोहन गर्दा विनास निम्तिएको बताए ।बन संरक्षण धर्मराज पन्तले नीतिगत रुपमै वन पर्यावरण, बन्यजन्तुको सुधार आवश्यक रहेको औल्याउँदै नीति बनाउने, कार्यान्वयन गर्ने पक्ष ईमान्दार हुनुपर्ने बताए ।

चुरे संरक्षण सञ्जालका अध्यक्ष रविन्द्र बहादुर कुँवरले वातावरण संरक्षण समबन्धीत ऐन नियम कार्यान्वयनमा जोडदिए । संरक्षणका क्षेत्रमा कार्यरत देवराज जोशीले हात्तीको कोरिडोर सरक्षणमा सुझाव दिए ।कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले प्रकृतिमाथि जथाभावि खेलवाड गर्न नहुने बताए । डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीम प्रसाद कडेलले वन, पर्यावरण सरक्षणका लागि सरोकारवाला पक्ष नागरिकको समेत सहयोग अपरिहार्य रहेको बताउनु भयो।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत निति नियमको पालना गरि निषेधित क्षेत्रमा आवतजावत गर्न नहुने हुँदा यसमा सम्पुर्ण मानिसले बन्यजन्तु बाट हुने घटना बाट बच्न सकिने हुँदा सबैले सजक्ता अपनाउन हुने बताए।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले कानुनको प्रभावकारी कार्यान्वयन गरेर पर्यावरण सरक्षणमा टेवा पुग्ने बताए । प्रजिअ सापकोटाले कानुनको प्रभावकारी कार्यान्वयन गर्न जोडदिए ।

जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाहमा जोडदिए । उनले पृथ्वीको संरक्षणमा लाग्नु भएकोमा यसले निरन्तरता पाओस्, भन्दै कार्यक्रम सफलताको समेत शुभकामना दिनु भयो।मित्र समाजका कार्यकारी निर्देशक विवेक सिह(ठकुरी)ले कञ्चनपुरको जैविक विविधता सरक्षणमा टेवा गर्ने उदेश्यका साथ जिल्लाका सरोकारवालासंग छलफल गरिएको बताए । संरक्षणका क्षेत्रमा कार्यरत बरिष्ठ पत्रकार पिताम्बर सिग्देलले सहजिकरण गर्नु भएको उक्त कार्यक्रममा सरकारी तथा गैर सरकारी कार्यालयका प्रतिनिधीको सहभागिता रहेको थियो ।

ताजा समाचार