सृजनात्मक लेखन सम्बन्धी पत्रकारलाई अभिमुखिकरण

धनगढी: पश्चिम नेपाल क्षेत्रका विभिन्न जिल्लाका पत्रकारहरुलाई सृजनात्मक लेखन सम्बन्धी अभिमुखिकरण गराईएको छ ।

मित्र समाजको आयोजनामा जागृती फाण्डेशनको समन्वयमा एव यूएसएआईडी अन्तर्गत जलजंगल परियोजनाको सहयोगमा सुदूर तथा लुम्बिनी प्रदेशका चार जिल्लाका पत्रकारहरुलाई सृजनात्मक लेखन सम्बन्धी अभिमुखिकरण गराईएको हो ।

धनगढीको देव तालिम केन्द्रको हलमा कैलाली, कञ्चनपुर, बाँके र दाङका पत्रकारहरुलाई वातावरणमा परेको प्रभाव, असरका विषयमा अभिमुखिकरण गराईएको हो । सरक्षणका क्षेत्रमा काम गर्दै आएका बरिष्ठ पत्रकारद्वय सुबोध गौतम र पिताम्बर सिग्देलले प्रशिक्षण दिएका छन ।

मित्र समाजका कार्यकारी निर्देशक विवेक सिह(ठकुरी)ले पछिल्ला दिनहरुमा जलवायुमा परेको असर बारे संचार क्षेत्रबाट विषय सृजनात्मक रुपमा उठान गरेर सरोकारवालाको ध्यानाकर्षण गराउन संचारकर्मीको भूमिका महत्वपूर्ण हुने बताए । उनका अनुसार सरोकारहरुलासंग संयुक्त छलफल बहस समेत गरिने बताए ।

ताजा समाचार