स्वास्थ्य मन्त्री ‘सरल’द्वारा कञ्चनपुर क्षेत्र २ का स्थानिय तहमा औषधी हस्तान्तरण

कञ्चनपुर: सुदूरपश्चिम प्रदेशका स्वास्थ्य, महिला तथा बालबालिकामन्त्री ओम विक्रम भाट (सरल) ले कञ्चनपुर क्षेत्र २का वाढी पीडितका लागि औषधी हस्तान्तरण गरेका छन ।

आइबार स्वास्थ्य मन्त्री सरलले कृष्णपुर, शुक्लाफाँटा र बेदकोट नगरका वाढी पीडितका लागि तीनै पालिका प्रमुखलाई औषधी हस्तान्तरण गरेका हुन । पहिलो दिन क्षेत्र १का चार पालिका बेलडाँडी, बेलौरी, पुनर्वास, लालझाडी, क्षेत्र ३को दोधाराचाँदनी नगरमा औषधी वितरण गरेका थिए ।

प्रदेशका स्वाथ्यमन्त्री सरलले दुई दिनमा कञ्चनपुरका वढी वाढी प्रभावित भएका पालिकामा वाढीपीडित बस्तीमा पुगेर पालिकाहरुलाई औषधीजन्य राहत हस्तान्तरण गरेका छन ।

स्वास्थ्य, महिला तथा बालबालिकामन्त्री ओम विक्रम भाट (सरल) का स्वकीय सचिव कैलाशचन्द्र गिरीले दोस्रो दिनपनि वाढी प्रभावित जिल्लाका तीन पालिकाहरुमा सुपानेट झुल, अति आवश्यकीय औषधी पालिकाहरुलाई हस्तान्तरण गरेका छन ।

स्वास्थ्यमन्त्री सरलले प्रदेश सरकारबाट अति वाढी प्रभावित बस्तीका नागरिकलाई तत्तकाल चाहिने औषधीजन्य पदार्थ वितरण गरिएको र भावि दिनमा समेत प्रदेश सरकारबाट थप आवश्यक औषधी वितरण गर्ने आश्वास दिएका हुन ।

प्रदेशका स्वास्थ्य सरलले वाढीप्रभावित नागरिकलाई राहत र क्षतिग्रस्थ सरचनाको पुर्ननिर्माणका लागि प्रदेश सरकारबाट आवश्यक पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन । औषधी बोकेर वाढीपीडित बस्तीमा पुगेपछि पीडितले प्रदेश सरकारका नै घरदैलोमा आएको बताएका छन । वाढी लगत्तै पनि स्वास्थ्यमन्त्री सरलले जिल्लाका विभिन्न वाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका थिए ।

ताजा समाचार