दोधारा चाँदनीका बाढी पिडितलाई पानी शुद्धिकरण गर्ने औषधी

दोधारा । दोधारा चाँदनी नगरपालिकाका बाढीपिडितहरुलाई पानी शुद्धिकरण गर्ने औषधी बितरण कार्य सुरु गरिएको छ् । युनिसेफको सहयोग र निड्स नेपाल मार्फत दोधारा चाँदनी नगरपालिका कार्यालयलाई प्राप्त पानी शुद्धिकरण गर्ने औषधी बाढी पिडितहरुलाई बितरण कार्य सुरु गरिएको छ् । यस बर्ष बर्षातको शुरुवातमै भिषण बर्षा भएपछि दोधारा चाँदनी नगरपालिका क्षेत्रका वर्षा संग महाकाली नदी र जगबुडा नदीको बाढीले ठुलो क्षती बनाएको छ् । बाढीले २ सय २१ घरपरिवार बिस्तापित भई बिद्यालयहरुमा आश्रय लिएर बसेका थिए । मौसम सामान्य भए संग उनिहरु घर फर्किसकेका छन् भने, दोधारा चाँदनी नगरपालिका–३ पटरा खल्लाका स्थानियहरु घर फर्कन सकेका छन् ।

उनिहरु नजिकै रहेको जमुना आधारभुत बिद्यालयमा आश्रय लिएर बस्दै आएका छन् । दोधारा चाँदनी नगरपालिका कार्यालय विपद् शाखाका शाखा प्रमुख रघुनाथ भट्टका अनुसार युनिसेफको सहयोग र निड्स नेपाल मार्फत दोधारा चाँदनी नगरपालिका कार्यालयलाई प्राप्त ४ सय बोतल पानी शुद्धिकरणको औषधी वडा कार्यालय मार्फत बाढी पिडितहरुलाई पठाईएको बताउनुभएको छ् ।

जमुना आधारभुत बिद्यालयमा आश्रय लिएका ४० घरपरिवारलाई पानी शुद्धिकरणको औषधी, बाल्टी र हाईजिनिक किट समेत बितरण गरेको उहाँले बताउनुभएको छ् । यस्तै जमुना आधारभुत बिद्यालयमा आश्रय लिएर बस्दै आएका ४० घरपरिवारलाई चौधरी ग्रुपले चाउचाउ र चिउरा समेत बितरण गरेको छ् ।

ताजा समाचार