विपद् जोखिम न्युनिकरण गर्न सघाएको भन्दै कुतियाकवरबासीले दाताहरुलाई फुलमालाले गरे स्वागत


दोधारा । बाढीको जोखिम न्युनिकरण गर्न सघाएको भन्दै कुतियाकवर बस्तीका स्थानियहरुले दाताहरुलाई फुल मालाले स्वागत गरेका छन् । दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर बस्तीमा स्थानियहरुले बाढीको पुर्व तयारी तथा प्रतिकार्यमा बिगतका दिनहरु देखि सहयोग गर्दै आएको भन्दै डिसीए डेनमार्कका टिना, डिसी नेपालका प्रतिनिधी दिनेश गुरुङ्ग, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का कार्यकारी निर्देश अशोक बिक्रम जैरु लगाएत टोलीलाई फुल मालाले स्वागत गरेका छन् । दोधारा चाँदनी नगरपालिकाको कुतियाकवर बस्ती नगर क्षेत्रकै बाढी ग्रस्त बस्ती मानिन्छ् । वर्षायाममा महाकाली नदी र जगबुडा नदीको भंगालो बस्ती पसेर ठुलो धनमालको क्षती बनाउदै आएको छ् । डिसीए नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले बिगतका दिनहरु देखि दोधारा चाँदनी नगरपालिकामा विपद्को क्षेत्रमा निरन्तर कार्य गर्दै आएको छ् ।

डिसीए डेनमार्कका टिनाले बाढी ग्रस्त बस्ती कुतियाकवर बस्तीको स्थलगत अनुगमन गर्नुको साथै स्थानियहरु संग भेट गरि थप सहयोगको बारेमा स्थानियहरु संग राय संकलन गरेका छन् । डिसीए डेनमार्कका टिना लगाएत टोलीले दोधारा चाँदनी नगरपालिका, डिसीए नेपाल, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र स्थानियको सहयोगमा निमार्णधिन जैविक तटबन्ध निमार्ण कार्यको समेत अनुगमन गरेका छन् । बाढी आउने समय भएको हुदा स्थानियहरुको योजना अनुसार आफुहरुले गर्ने सक्ने सहयोगको लागी तयार रहेको टिनाले बताउनुभएको छ् । स्थानियबासी माया देबी सुनारले बिगतका बाढीमा आफ्नो घरपरिवार र बस्तीले भोगेको पिडा दाताहरुलाई सुनाउनुभएको छ् ।

नेपाल सरकारले पक्की तटन्बध निमार्ण संगै प्रत्येक घरपरिवारमा एक कोठे अग्लो पक्की आवास निमार्ण गरिदिए बस्तीमा शान्ती हुने उहाँले बताउनुभएको छ् । माया देबीले डिसीए नेपाल, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले विपद्को पुर्व तयारी तथा प्रतिकार्यको लागी बस्तीमा पुर्‍याउदै आएको सहयोग प्रति माया देवीले प्रशंसा गर्नुभएको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले कुतियाकवर बस्ती बाढीको उच्च जोखिममा रहेको बताउदै बस्ती जोगाउन बाढीको पुर्व तयारी र महाकाली नदी र जगबुडा नदीको कटानी कसरी रोक्न सकिन्छ भन्ने बिषयमा प्रकृतिकरुपमा निमार्ण गरिएको जैविक तटबन्ध निमार्णको अनुगमन तथा संस्थाले अझै सम्म गरेको सहयोगको मुल्यांकनको लागी स्थलगत अनुगमन गरिएको बताउनुभएको छ् ।

अझै सम्म प्रकृतिकरुपमा निमार्ण गरिएको जैविक तटबन्ध निमार्ण संगै संस्थाले सहयोग गरेको पुर्व तयारी के कस्तो भएको छन् र आगामी दिनहरुमा अझै कसरी राम्रो बनाउने भन्ने विषयमा अनुगमन गरिएको उहाँको बताउनुभयो । तटिय क्षेत्रमा बसोबास गर्ने स्थानियहरुको जिविकापार्जनको निम्ती संस्थाले गरेको सहयोग समेत टोलीले अनुगमन गरेको छ् ।

दोधारा चाँदनी नगरपालिकाको सम्पूर्ण घरधुरीहरुको जोखिमको अवस्था, क्षमता, श्रोत साधन, संकटासन्नता र प्रकोपहरुको पहिचान गरी प्रत्येक घरधुरीहरुलाई विपद् जोखिमको अवस्थाको आधारमा डिजिटल डाटाबेस तयार गरी न्यून, मध्यम र उच्च जोखिम का आधारमा हरियो, पहेंलो र रातो गरी तिन तहमा वर्गीकरण गरी नक्सांकन गर्ने कार्य हालै दोधारा चाँदनी नगरपालिका कार्यालय, डिसीए नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघको सहयोगमा सकेको छ् ।


ताजा समाचार

spot_img