बाढीबाट कुतियाकवर बस्ती जोगाउने प्रयास, जैविक तटबन्ध निमार्ण कार्यलाई थप तिब्रता


दोधारा । कञ्चनपुरको दोधारा चाँदनीको कुतियाकवर बस्ती जोगाउन स्थानियहरु जैविक तटबन्ध निमार्ण कार्यलाई थप तिब्रता दिएका छन् । दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर बस्तीमा महाकाली नदी र जगबुडा नदीको भंगालो वर्षायाममा बस्तीमा पस्ने खतरालाई मध्यनजर राख्दै दोधारा चाँदनी नगरपालिका कार्यालय, स्थानिय र गैरसरकारी संस्थाहरुले जैविक तटबन्ध निमार्ण कार्यलाई तिब्रता दिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाको रु. ३ लाख, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को रु. ५० हजार र स्थानियहरुको जनश्रमदानबाट जैविक तटबन्ध निमार्ण कार्य संचालन भईरहेको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् ।

आफुहरुले पक्की तटबन्ध निमार्ण कार्यको लागी थुप्रै पहल गर्दै आएपनि कहिकतैबाट तटबन्ध निमार्ण कार्यमा सहयोग नपाएपछि बस्तीलाई जोगाउन जैविक तटन्ध निमार्ण कार्य अघि बढाईएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमारले बताउनुभएको छ् । महाकाली नदीको छेउमा बाँसको बाकस बनाएर बोरामा बालुवा, माटो भरान गरि जैविक तटबन्ध निमार्ण कार्य गर्दै आएको उहाँको भनाई रहेको छ् । तार जाली सहितको पक्की तटबन्ध बनाउने योजना नभएको कारण जैविक तटबन्ध निमार्ण गरेर यस वर्षायाममा बस्ती बचाउने प्रयास गरिएको छ् ।

दोधारा चाँदनी नगरपालिकाको कुतियाकवर बस्ती, शान्ती टोल, बैतिफाँटा, सुर्खेती टोल, अठार नम्वर पिल्लर बस्ती लगाएत बस्तीहरु बाढीको उच्च जोखिममा रहेका बस्तीहरु हुन् । मनसुन सुरु भइसकेकाले अत्यावश्यक र जोखिम रहेका स्थानहरुमा जैविक तटबन्ध निमार्ण कार्यलाई तिब्रता दिईएको छ् ।

पक्की तटबन्ध निर्माण गर्न बाँकी रहेको स्थानहरुबाट महाकाली नदी र जगबुडा नदीको भंगालो बस्तीमा पस्ने सन्त्रासको कारण स्थानियहरु चिन्तीत बन्दै आएका छन् ।


ताजा समाचार

spot_img