बक्तृत्वकला प्रतियोगीता तथा आधारभूत तह स्तरिय हाजिरीजवाफ प्रतियोगीता सम्पन्न


वेदकोट : कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्वर ९ मा केन्द्रीय कार्यालय भएको सुन्दरपुर खेलकुद बिकास संस्थाले सोमवार वेदकोट बडा नम्वर ९ मा रहेको श्री उदय देव माध्यमिक विद्यालयमा एक दिवसिय स्वास्थ र अनुशासित जिवनका लागी खेल विषयक माध्यमिक विद्यालय स्थरिय वक्तृत्वकला प्रतियोगीता तथा आधारभूत तह स्तरिय हाजिरीजवाफ प्रतियोगीता कार्यक्रम सम्पन्न गरेको छ । विकास अनुशासन गतिशिलता मुल नारा रहेको सुन्दरपुर खेलकुद विकास संस्थाले आयोजना गरिएको वक्तृत्वकला मा उदयदेव माध्यमिक बिद्यालयका ७ जना बिद्यार्थीहरुले सहभागि जनाएका थिए ।

भने हाजिरीजबाफ प्रचियोगीतामा ७ समुहमा जम्मा २१ जना सहभागी रहेका थिए । वक्तृत्वकलामा प्रथम , दृतिय र तृतिय भएका सहभागी बिद्यार्थीहरुलार्य प्रमाण पत्र र हाते पुस्तीका बितरण गरेका थिए भने हाजीरीजवाफ प्रतियोगीतामा प्रथम, दृतीय र तृतीय हुने सहभागी समुहलाई प्रमाण पत्र र समान्य ज्ञानको पुस्तक वितरण गरेका थिए । कार्यक्रममा उदयदेब माध्यमिक बिद्यालयले सदैब हाम्रो हरेक कार्यक्रम तथा खेलकुदमा बिशेष सहयोग गरेको हुनाले संसथाको तर्फ बाट विद्यालयलाइ कदर पत्र समेत प्रदान गरिएको थियो । वक्तृत्वकला प्रतियोगीता तथा आधारभूत तह स्तरिय हाजिरीजवाफ प्रतियोगीता कार्यक्रम संस्थाका अध्यक्ष बिरेन्द्र बहादुर विष्टको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्वोधन गदै संस्थाका अध्यक्ष बिरेन्द्र ले भन्नु भयो हाम्रो संस्था खेलकुद क्षेत्रमा आफ्नो पहिचान वनाउन सफल भएको छ ।

खेलको लाई अनुशासन जरुरी हो अनुशासीत भएर खेल्यो भने खेलमा प्रगति हुन्छ । हामिले वेदकोट नयरपालिका मा खेलकुद क्षेत्रमा उल्लेखनिय भुमिका खेल्दै आइरहेका छौं । हामिलाई स्थानिय सरकाले पनि सहयोग गर्दै आइरहो छ र अझै सहयोगको अपेक्षा गरेका छौं अध्यक्ष बिरेन्द्र विष्टले वताउनु भयो । कार्यक्रममा प्रमुख अतिथि वेदकोट नगरपालिका वडा नम्वर ९ का अध्यक्ष जनका बहादुर बिष्ट रहनु भएको थियो । कार्यक्रमलाई सम्वोधन गदै वडा अध्यक्ष बिष्टले भन्नु भयो हामिले सुन्दरपुर खेलकुद बिकास संस्था बाट खेलजगतका लागी ठुलो आशा रखेका छौं ।

खेलमा अनुशासन अति महत्व पुर्ण अंग हो अनुशासीत भएर खेल्नु होला । यो संस्था वाट खेलीरहेका फुटवल खेलाडीहरु जिल्ला प्रदेश हुदै केन्द्रमा छनौट भएको सुन्दा अति प्रशन्न भएको छु । अझ प्रगति गर्नु होला वडा तथा नगरपलिका वाट हुुने सम्पुर्ण सहयोग गर्न हामि तयार छौ अध्यक्ष बिष्टले भन्नु भयो । हाल सुन्दरपुर खेलकुद विकास संस्था आवध् भई दैनिक ६० देखी ७० जना सम्म महिला तथा पुरुस खेलाडीहरु फुटवल खेलको प्रशिक्षण गदै आईरहेका छन ।


ताजा समाचार

spot_img