धनगढी: यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायले सुदूरपश्चिम प्रदेश आज दोस्रो प्रादेशिक प्राइड परेड मन्थ ” गौरव यात्रा” र्याली निकालेर भब्यताका साथ बृहत सांस्कृतिक कार्यक्रम मनाउने तयारी रहेको छ।

सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको अस्थाई राजधानी धनगढीमा यौनिक तथा लैङ्गिक अलपसङ्ख्यक समुदायले सुदूरपश्चिम प्रदेश दोस्रो प्रादेशिक प्राइड परेड मन्थ (गौरव यात्रा) भब्यताका साथ मनाउने तयारी पूरा भएको हो।

यौनिक तथा लैङ्गकि अल्पसंख्यक (एलजीबीटिआईक्यू ए प्लस ) समुदायले अंग्रेजी वर्षको हरेक जुन महिनामा गौरवको महिना मध्यनजर गरि जुन महिना लाई गौरवको महिनाको रुपमा मनाउँदै आएका यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायका अगुवा अर्थात अधिकारकर्मी एवम् सुदूरपश्चिम समजाकि अध्यक्ष करुणा नेपालले बताएकि छन् । उनले भनिन् , सुदूरपश्चिम प्रदेशमा दोस्रो प्रादेशिक प्राइड परेड मन्थ (गौरव यात्रा) आज मनाउने तयारी रहेको छ, त्यसको लागि सम्पुर्ण तयारी पूरा भएको छ। निलहिरा समाज काठमाडौको सहयोगमा सुदूरपश्चिम समाज कैलालीको आयोजनामा धनगढीमा दोस्रो पटक प्रादेशिक गौरव यात्रा मनाउने कार्यक्रम रहेको छ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश अन्तर्गत मन्त्रालय सचिव , जनप्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि लगायत यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायको उपस्थितिमा आज असार १२ गते बिहान बुधबार धनगढी चौराह देखि ७:३० बजे र्याली निकालेर साथै बृहत सास्कृतिक कार्यक्रम सौराई स्कावाईर , चटकपुरमा बिहान ९:३० बजे देखि संचालन हुने छ।






