महेन्द्रनगर : कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रशाद सापकोटालले सुशासन, शान्ति सुरक्षाका लागि प्रतिबद्ध रहेको बताएका छन ।

सोमबार जिल्लाका संचारकर्मीसंग छलफल गर्दै प्रमुख जिल्ला अधिकारी सापकोटाले सुशासनका लागि प्रतिबद्ध रहेको र जिल्लाको शान्ति सुरक्षा, सुशासन, अनियमितता र सार्वजनिक सेवा प्रवाहमा प्रतिबद्ध रहेको बताए ।

उनले भीमदत्त नगरपालिका लगायतका क्षेत्रमा सरकारी जमिन अतिक्रमण गरिएको जमि खाली गर्ने र हटाउने जुन अभियान रहेको छ त्यसलाई निरन्तरता दिनुका साथ उक्त कार्यले तिब्रता पाउने र विशेष प्राथमिकतामा रहने उनले भने।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले सीमा क्षेत्रमा रहेका विवाद निरुपणका लागि प्रशासनबाट कुटनीतिक रुपमा पहल गरिने बताए । आगामी दिनमा थप समन्वय, सहकार्य लाई विशेष रुपमा हेरिने छ।






