वर्षायाम लाग्न थाल्यो बाढीकै डर : कुतियाकवरबासीको ज्यान जोगाउला सेफ सेल्टरले ?

पप्पु गुरुङ्ग, दोधारा । दोधारा । दोधारा चाँदनी नगरपालिका वडा नं. १० कुतियाकवर बस्तीमा नैन सिंह सुनारको घरबाट महाकाली निकै नजिक छ् । उनलाई महाकाली नदीको बहाव बढी भएर रातीको बेला घर बगाउला भन्ने त्रासले भोली निन्द्रानै पर्दैन् । बाढीको डरले निकै चिन्ताले सताउने गरेको नैन सिंह सुनार बताउछन् । बिगतका वर्षको बाढीले निकै त्रास फैलाएको र यसपटक पनि महाकाली नदी झन घर नजिक आएको उनी बताउछन् ।

‘घर नजिक महाकाली नदीको पुगेको कारण नदीमा थोरै पानी आएपनि घर उजाड गर्ने पक्का छ्’ नैन सिंह सुनारले भने– ‘सुतेको बेला पनि बाढी बस्तीमा पसे जस्तै लाग्छ् ।’ कुतियाकवर बस्ती बाढीको उच्च जोखिममा रहेको बस्ती हो । त्यसैमा महाकाली नदीको छेउमै नैन सिंह सुनारको घर भएको कारण महाकाली नदीमा कतिबेला पानी बढ्छ र कतिबेला घरनै बगाएर लग्छ भन्ने चिन्ता उनमा छ् । ‘वर्षायाम लाग्यो हामीहरुलाई चिन्ताले सताउन थालेको छ्’ नैन सिंह सुनारले भने ।

कुतियावकर बस्तीका नैन सिंह सुनार जस्तै महाकाली नदीको छेउमै तुल बहादुर सुनार, कर बहादुर सुनार, खेम बहादुर सुनार र बम बहादुर सुनारका घर छन् । वर्षायाममा कहिल्यै शान्तिको सास फेर्न नपाएको तुल बहादुर सुनारले बताउछन् । उनले महाकाली नदी र जगबुडा नदीका कारण आफूहरु सधैं त्रासमा रहने बताए । ‘अहिले सम्म नदीमा पानी नबढेका कारण मनमा शान्तिनै छ् । त्यो शान्त मन कतिबेला विक्षिप्त हुने हो थाहा छैन,’ तुल बहादुर सुनारले भने, ‘तराईमा पानी नपर्दा पनि बाढी आउछ् । पहाडी भेगमा अत्यधिक वर्षा भएपछि बाढीको त्रास बढ्छ् ।’ कुतियाकवर बस्ती महाकाली नदी र जगबुडा नदीको दोभानको भारत संग सिमा जोडिएको बस्ती हो । महाकाली नदी र जगबुडा नदीको कारण यहाँका दर्जनौं किसानको जग्गा कटानी गर्दै आएको छ ।

यस वर्ष बस्तीलाई जोगाउन संघिय योजना अनुसार झण्डै २ सय पक्की तटबन्ध निमार्ण गरिएको छ् । बस्तीलाई जोगाउन त्यो तटबन्ध निमार्ण कार्य अपुरो छ् । अझै झण्डै ९ सय मिटर पक्की तटबन्ध निमार्ण गर्न सके मात्र बस्ती सुरक्षित हुने स्थानियहरुको आंकलन छ् । बस्तीमा ४२ घरधुरी रहेका छन् । बाढी आएको बेला कुतियाकवर बस्तीको बिचल्ली हुन्छ । स्थानियहरु ज्यान बचाउननै सकस हुन्छ् । ‘एकातिर कृषियोग्य जमिन बर्सेनि नदीमा परिणत हुदै गएको छ भने अर्कोतिर वर्षातको समयमा ज्यान जोगाउन समस्या पर्छ,’ कर बहादुर सुनारले भने, ‘नदीमा पुर्णरुपमा बस्ती जोगाउन पक्की तटबन्धका लागि कैयौं पटक प्रयास भए तर, परिणाममा शून्यको अवस्था छ् । समस्या जस्ताको त्यस्तै छ ।’ बर्सेनि नदीले कटान गर्न थलेपछि बस्तीनै साँगुरो हुदै गएको उनको भनाई छ् ।

गत बिगतका वर्ष देखि महाकाली नदीले आफ्नो धार परिवर्तन गरि कुतियावकर बस्ती तिर धार सोझिएको छ् । महाकाली नदीले धार परिवर्तन गरेसंगै अबका दिनहरुमा महाकाली नदीमा थोरै भएपनि बाढी आएपनि कुतियाकवर बस्तीमा ठुलो क्षती हुने पक्का पक्की छ् । बाढीको बेला स्थानियहरु जिवन रक्षाको लागी दोधारा चाँदनी नगरपालिका, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र निड्स नेपालले बस्तीमा सेफ सेल्टर निमार्ण कार्य अन्तिमरुप दिएको छ् । यस्तै नेपाली सेनाले समेत कुतियाकवर बस्तीमा सेफ सेल्टर निमार्ण गर्दै छ् ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र निड्स नेपालले विपद् पुर्व तयारी प्रतिकार्यको लागी बिभिन्न उपकरण तथा अभ्यास गर्दै आएको छ् । बाढी आए संगै राहतको व्यवस्था अहिले देखि तयारीमा दोधारा चाँदनी नगरपालिका कार्यालय र यस क्षेत्रमा क्रियाशिल संघ–संस्थाहरु जुटेका छन् । बस्तीमा बाढी पस्ने सम्भावित क्षेत्रमा पालिका तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र निड्स नेपालले जैविक तटवन्ध निमार्ण कार्यलाई अघि बढाएको छ् ।

बर्षेनी आउने बाढीले जमिन कटान गर्दा धेरै जसो खेतीयोग्य जमिन बगरमा परिणत हुदा समेत नेपाल सरकार दिर्घकालिन नदी नियन्त्रणका बिषयमा प्राय: मौन रहदै आएको स्थानियहरुको गुनासो छ् । लहलहाउदो बाली बिनाशसंगै मानव बस्ती विस्थापनको शिकार भईरहेका छन् ।

बाढी आएको बेला बिस्थापित हुदाको परिवारको बिचल्लीको अर्को कहाली लाग्दो पिडा उनिहरुको मानसपटलमा ताजै छ् ।

ताजा समाचार