कृषि क्षेत्र देशको आर्थिक विकास र देशको अर्थतन्त्र बढाउने एक महत्वपूर्ण क्षेत्र हो

हामी आर्थिक मन्दीको संकटबाट गुजरिरहेका छौ, भन्ने महसूस गर्ने समय आएको छ् । पछिलो वर्ष विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको कारण उत्पन्न व्यपार व्यवसायमा गिरावट चरम रुप देखिदै छ् । अपत्यारिलो रुपले देशका विभिन्न ठाँउहरुमा व्यवसायीहरु व्यपार व्यवसाय छोडी लापत्ता भएका छन् । कतिपय मानिसहरुले बैंकको व्याज तिर्ने नसकि ज्यान गुमाए, यसको असर घर परिवार समाज हुदै देशलाई पनि पारिरहेको छ् । हामीले विभिन्न किसिमको व्यपार व्यवसाय गर्छौ । वस्तुहरुको उत्पादन गर्छाै । त्यसको लागि विभिन्न विधिहरुको आवश्यकता पर्दो रहेछ् । कृषि एउटा महत्वपूर्ण विषय हो । जसको एकदमै महत्वपूर्ण भूमिका हुन्छ । जस बिना प्राणीहरुको अस्तित्व हुन सक्दैन् । मानिसलाई आफ्नो जीवन निर्वाह गर्नको लागि आवश्यक पर्ने खाद्य तत्व, पौष्टिकतत्व सम्पूर्ण कृषिबाटै लिनुपर्दछ् । जस्तै खाद्य तत्व, दुध, माछा, मासु आदी ।

यती सानो देश अनि कृषि क्षेत्रमा यति धेरै सम्भाव्यताको देश विश्वमानै एक नेपाल हो । जहाँ उच्च हिमाली भेगमा पशुपालन, पहाडी भेगमा फलफूल खेती र तराईमा खाद्यान्न उत्पादन हुन्छ् । कृत्रिम तरिकाले बालीजन्य र पशुजन्य उत्पादन गर्नु भनेको कृषि हो । देशको भू–बनोट, क्रियाशील जनशक्ति र स्थानीय श्रोत साधनहरुको उचित परिचालन गरि कृषि क्षेत्रको चौतर्फी विकास गर्न तीनै तहका सरकारहरु जागरुक हुनुपर्दछ् । संघ र प्रदेश तहका कृषि मन्त्रालयहरुले आ–आफ्ना रणनीति, कार्यनीति र योजनाहरु अघि सारी कार्यन्वयन तर्फ बढेता पनि स्थानीय तहका संयन्त्रहरु अपेक्षा अनुरुपको क्रियाशील नभई दिंदा ती योजनाहरु प्रभावकारी बन्न पाएका छैनन्, । कृषि क्षेत्रको विकासमा समस्याको रुपमा बजेट अभाव देखा परेको पाईन्छ । राजनीतिक पार्टीका चुनावी घोषणा पत्रमा कृषि को चौतफी विकास गर्ने, कृषि क्रान्ती गर्ने, विदेश पलायन भएका युवाहरुलाई कृषि क्षेत्रमा आकर्षित गर्ने लगाएतका कुरा भए पनि बजेटको कुरा आउदा पछाडी हट्ने प्रवृत्ति छ् । कृषि क्षेत्र देशको आर्थिक विकास र देशको अर्थतन्त्र बदाउने एक महत्वपूर्ण क्षेत्र हो ।

युवा लक्षित कार्यक्रम बनाएर कृषिमा जोड दिनु आजको आवश्यकता हो । कृषि प्रधान देशका नागरिका लागी छिमेकी राष्ट्र बाट कृषि जन्य उत्पादनको आयात गर्नु लज्जाष्पद कुरा हो । कृषि जन्य उत्पादन आयातमा देशको मुद्रा विदेशिनु भबिष्यमा देशलाइ घातक सावित हुन्छ् । कृषि खाद्यान्न उत्पादन र पशुपालन क्षेत्रमा भित्रिएका विभिन्न नयाँ प्रविधिको प्रयोगमा स्थानीय सरकार र त्यहाँ कार्यरत प्राविधिकहरुले जोड दिनु पर्ने देखिन्छ् । परम्परामुखी कृषि पेशालाई व्यवस्थित गर्दै बेमौसमी तरकारी खेती, नयाँ जातका खाद्यान्न बाली संकलन लगाउने, कृत्रिम गर्भाधान सेवालाई थप व्यवस्थित बनाउने, माछा पालन, कुखुरा पालन, पशु पालन व्यावसायिक रुपमा स्थापना गरि देशको अर्थतन्त्रमा कृषिले टेवा पुर्‍याउने गरि व्यवस्थित गर्दै लैजान पर्दछ् ।

कृषि शाखा र पशु सेवा शाखाबाट प्रवाह हुने जुनसुकै कार्यक्रमहरु वितरण मुखी नभएर उत्पादनमुखी किसानहरुको पहुँचमा हुनुपर्छ् । हामी नेपाली किसानहरुले इमान्दारीपूर्वक सरकारवाट पाएको अनुदानको सदुपयोग गरे आर्थिक मन्दीको असर केही हद सम्म कम गर्न सकिने थियो ।

         गोविन्द भट्ट
(लेखक कृषि तथा पशु प्राविधिक हुनुहुन्छ्)

 

ताजा समाचार