वडाध्यक्ष रोकायाले आफुले पाउने सेवा सुबिद्याबाट बिद्यार्थीहरुलाई शैक्षिक सामग्री, अभिभावक खुशी


दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका एक वडाध्यक्षले आफुले पाएको सेवा सुबिद्याबाट बिद्यार्थीलाई शैक्षिक सामग्री बितरण गनुभएको छ् । दोधारा चाँदनी नगरपालिका– ८ का वडाध्यक्ष ओंमप्रकाश रोकायाले आफुले पाएको सरकारी सेवा सुबिद्याबाट वडामा रहेको जनज्योती माध्यमिक बिद्यालयका गरिब, जेहेन्दार तथा अनाथ बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गर्नुभएको जनज्योती माध्यमिक बिद्यालयका सहायक प्रधानध्यापक श्रीनाथ बरालले जानकारी दिनुभएको छ् ।

गरिव, जेहेन्दार तथा अनाथ वालवालिकालाई शिक्षा प्रति आकर्षित गर्न शैक्षिक सामग्री बितरण गरिएको बताईएको छ् । वडाध्यक्ष ओंमप्रकाश रोकायाले आफुले पाएको सेवा सुबिद्याबाट बिद्यालयको गुणस्तर सुधार्न तथा बिद्यार्थीहरुलाई शिक्षा प्रति आकर्षित गर्न कापी, कलम लगाएत शैक्षिक सामग्री बितरण गरिएको बिद्यालयका सहायक प्रधानध्यापक श्रीनाथ बरालले बताउनुभएको छ् ।

सहायक प्रधानध्यापक बरालले कक्षा १ देखि १० सम्मका २० जना गरिब, जेहन्दार तथा अनाथ बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरिएको बताउनुभएको छ् । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागी आफ्नो पारिश्रमिक रकमबाट बिपन्न विद्यार्थीलाई सामग्री बितरण गरिएको दोधारा चाँदनी नगरपालिका– ८ का वडाध्यक्ष ओंमप्रकाश रोकायाले बताउनुभएको छ् । सामुदायिक विद्यालयमा प्राय जसो सबै विद्यार्थी आर्थिक अवस्था कमजोर भएका परिवारका रहेकोले शैक्षिक सामग्रीको अभावका कारण आफुले गरिब, जेहन्दार तथा अनाथ बिद्यार्थी छनौट गरि शैक्षिक सामग्री बितरण गरेको वडाध्यक्ष ओंमप्रकाश रोकायाले बताउनुभएको छ् ।

विपन्न विद्यार्थीलाई कापी, कलम लगाएतका शैक्षिक सामग्रीको अभाव हुदा पठनपाठनको समस्या हुने गरेको र शैक्षिक स्तर सुधार गर्न चुनौती भएको कुरा आफुले सुनेपछि बिद्यार्थीहरुलाई शैक्षिक सामग्री आफुले खाईपाई आएको सेवा सुबिद्याबाट शैक्षिक समाग्री दिने योजना बनाएको वडाध्यक्ष रोकायाको भनाई रहेको छ् । यस्तै शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा २ जना अनाथ बिद्यार्थीहरुलाई १० हजार रकम बराबरको शैक्षिक सामग्री बितरण गरिएको छ् ।

वडाध्यक्षले प्रत्येक वर्ष २ जना अनाथ बिद्यार्थीलाई १० हजार रकम बराबरको शैक्षिक सामग्री बितरण गर्ने आफ्नो योजना अनुरुप २ जना अनाथ बिद्यार्थीलाई समेत शैक्षिक सामग्री बितरण गरिएको वडाध्यक्ष ओंमप्रकाश रोकायाले बताउनुभएको छ् ।

शैक्षिक सामग्री बितरण कार्यक्रममा बिद्यालयका शिक्षक, अभिभावक, बिद्यालय व्यवस्थापन समिति पदाधिकारी तथा बिद्यार्थीहरुको उपस्थिती रहेका थिए । वडाध्यक्षले आफ्नो सेवा सुबिद्याबाट शैक्षिक सुधारमा गरिएको कार्यलाई सबैले प्रशंसा गरेका छन् ।

 


ताजा समाचार

spot_img