ढुङ्गा प्रहार गरि बेलौरीमा पुर्व शिक्षक चन्दको हत्या

कञ्चनपुर, : कञ्चनपुरको बेलौरीमा एक युवकले ढुङ्गा प्रहार गरि पुर्व शिक्षकको हत्या गरेका छन । बेलौरी नगरपालिका ६विद्यानगरका स्थानीय समेत रहेका पुर्व शिक्षक लच्छि चन्दको हत्या गरेका हुन । बैतडीका युवक ३५ बर्षिया युवक महेश भण्डारीले ६५ बर्षिया महाकाली माविका पुर्व शिक्षक चन्दको हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश जोशीले बुधबार साँझ मदिराले लठ् भएका भण्डारीसंग विवाद हुँदा चन्दमाथि ढुङ्गा प्रहार गरेको बताए । भण्डारीले ढुङ्गा प्रहार गर्दा घाईते भएका शिक्षकको निसर्ग अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको छ ।

मृतकका आफन्तले दोषि माथि कानुनी कार्बाहीको माग अघि सारेका छन । भण्डारी बिहीबार बिहान पक्राउ परेका छन ।
बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ४ घरभई तीन दिनयता बेलौरी स्थित विद्यानगर बस्दै आएका महेश भण्डारीलाई पक्राउ गरिएको हो । उनलाई बेलौरीकै दुम्ली स्थित बाटोमा राखिएको ट्रलीमाथि लुकीछिपी सुतिरहेको अवस्थामा धनगढीबाट तालिम प्राप्त कुकुर ल्याएर भण्डारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

छोराको उपचारका लागि बैतडीदेखि धनगढी आएका भण्डारी छोराको मृत्युपछि बेलौरीस्थित आफ्ना दाजुको घरमा बस्दै आएका थिए । बुधबार बेलुका बेलौरी बजारदेखि विद्यानगर फर्किने क्रममा मदिरा सेवन गरेकोले उनकी भतिजीले टेकाएर लगिरहेको देखेपछि पछाडि रहनु भएका पुर्व शिक्षक चन्दले छिमेकी किशोरीलाई अपरिचित व्यक्तिले अङ्गालो हालेर अस्वाभाविक रूपमा हिँडिरहेको ठानी गाउँ समाजमा यसरी हिँड्नु राम्रो होइन भनेर सम्झाउँदा उक्त घटना भएको भण्डारीलाई उदृत गर्दै प्रहरीले जनाएको छ । बेलौरी बजारदेखि विद्यानगर स्थित आफ्नो घर फर्कने क्रममा बुधबार बेलुका ८ बजेतिर घरभन्दा करिब ३ सय मिटरको दुरीमा भण्डारीले चन्दमाथि ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको छ । घटना लगत्तै घाइते भएका चन्दलाई श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीमा लगिएको र त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि धनगढी स्थित निसर्ग हस्पिटलमा लगिएको थियो ।

आकस्मिक भएको अकल्पनिय घटनाले भण्डारी र चन्द परिवारमा सन्नता छाएको थियो । छोराको उचारका लागि तराई आएका भण्डारी परिवारले एकातिर छोरा गुमाए अर्कातिर चन्दको हत्यामा संलग्न भई जेल बस्नुपर्ने र अर्कातिर चन्द परिवारमा बिना कारण मानिसबाट मर्नुपर्ने अवस्था सृजनाले शोकाकुलदेखि सन्नटा छाएको छ । अस्पताल पु¥याए लगत्तै चिकित्सकले चन्दलाई मृत घोषणा गरेको थियो । उक्त घटना सम्बन्धी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार