सामुदायिक विद्यालयको तीन बर्षको आयव्यय वितरणको माग अघि सारेर क्रान्तिकारीद्वारा चार विद्यालयमा ज्ञापन

कञ्चनपुर : सामुदायिक विद्यालयमा बेतिथि बढिरहेको भन्दै अखिल क्रान्तिकारीले जिल्लामा केही सामुदायिक विद्यालयमा ज्ञापन पत्र बुझाएको छ । माओवादी निकट अखिल क्रान्तिकारीले भीमदत्त नगरका चार विद्यालयमा ज्ञापनपत्र बुझाएको छ । आइतबार अखिल क्रान्तिकारीले तीन बर्षदेखिको आयव्यय सहित विविध शैक्षिक विवरण माग गरेर ज्ञापन पत्र बुझाएको छ ।

अखिल क्रान्तिकारी कञ्चनपुरका संयोजक भुवन सिह विष्टले भीमदत्त नगरका चार विद्यालयमा ज्ञापन पत्र बुझाएको बताए । उनका अनुसार बैजनाथ मावि, महेन्द्रनगर मावि (साधारण), पुर्ण मावि र लक्ष्मी माविमा ज्ञापन पत्र बुझाउँदै सुचना माग गरेको हो । कर्मचारी विवरण देखि तीनै तहका सरकारबाट प्राप्त अनुदान बारे विवरण माग गरिएको छ ।

क्रान्तिकारीले चालु शैक्षिक सत्रमा शैक्षिक विकृती बढिरहेको भन्दै भीमदत्त नगरका केही निजी विद्यालयमा तालाबन्दी गरेपछि सामुदायिक विद्यालय तर्फ समेत सुशासनको विषय उठान गरेको छ । क्रान्तिकारीको एक्सनपछि भीमदत्त नगरपालिकाले समेत आइतबारदेखि शुल्क बढि लिएको विषयमा अनुगमन गरिरहेको छ ।

ताजा समाचार