दोधारा चाँदनी, भिमदत्त र पर्शुराम नगरपालिकाका विपद् व्यवस्थापन समितिलाई विपद् पुर्व तयारी सामग्री


दोधारा । दोधारा चाँदनी नगरपालिकामा रहेका सामुदायिक विपद् व्यवस्थापन समितिलाई विपद् पुर्व तयारी तथा प्रतिकार्य र दैनिक कार्य संचालनको लागी आवश्यक पर्ने सामग्री बितरण गरिएको छ् । डिसीए नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाको सहयोग र दोधारा चाँदनी नगरपालिकाको सहकार्यमा दोधारा चाँदनी नगरपालिका क्षेत्रमा रहेका १४ वटा बिपद् व्यवस्थापन समितिलाई विपद् पुर्व तयारी तथा प्रतिकार्य र दैनिक कार्य संचालनको लागी आवश्यक सामग्री बितरण गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले जानकारी दिनुभएको छ् ।

अधिकांश सामुदायिक बिपद् व्यवस्थापन समितिहरुमा विपद् पुर्व तयारी तथा प्रतिकार्य र दैनिक कार्य संचालनको लागी आवश्यक सामग्रीको अभाव देखिएको हुनाले सामग्रीको अभाव पुर्ती गर्नको लागी विपद् पुर्व तयारी र दैनिक कार्य संचालनको लागी आवश्यक पर्ने सामग्री बितरण गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताएका छन् ।

डिसीए नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाको सहयोगमा दोधारा चाँदनी नगरपालिका, भिमदत्त नगरपालिका र पर्शुराम नगरपालिका गरि ३० थान विपद् पुर्व तयारी र दैनिक कार्य संचालनको लागी आवश्यक पर्ने सामग्री बितरण गरिएको परियोजनाका संयोजक राजकुमार सुनारको भनाई रहेको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयका निमित्त प्रमुख प्रशासकिय अधिकृत हरिदत्त जोशीले दोधारा चाँदनी नगरपालिका विपद्को उच्च जोखिममा रहेको अवस्थामा डिसीए नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाले बिगत लामो समय देखि नगरपालिका क्षेत्रमा सहयोग गर्दै आएको दोधारा चाँदनी नगरपालिका कार्यालयका निमित्त प्रमुख प्रशासकिय अधिकृत हरिदत्त जोशीले बताए ।

आज सुद्दढ परियोजनाले विपद् पुर्व तयारी तथा प्रतिकार्य सामग्री बितरण र स्थानिय विपद् व्यवस्थापन समिति संचालनको लागी आवश्यक सामग्री उपलब्ध गराएको भन्दै निमित्त प्रमुख प्रशासकिय अधिकृत हरिदत्त जोशीले सहयोगी संस्थालाई धन्यबाद दिएका छन् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा डिसीए नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाले विपद् पुर्व तयारी तथा प्रतिकार्यको लागी बिभिन्न कार्य संगै तटिय क्षेत्रमा बसोबास गर्ने स्थानियहरुको जिविकोपार्जनमा सघाउदै आएको छ् ।


ताजा समाचार

spot_img