
दोधारा । दोधारा चाँदनी नगरपालिका– ७ बाबाथान बजार नजिक रहेको सचिव टोलका अग्निपिडितहरुलाई दोधारा चाँदनी नगरपालिकाले आकास्मीत राहत दिने घोषणा गरेको छ् । विहिवार बिद्युतको तार एकआपसमा ठोक्किएर सल्केको आगोको झिल्काको कारण कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा ठुला मात्रामा गहुँवाली नष्ट भएसंगै दोधारा चाँदनी नगरपालिका कार्यालयले लगत संकलन कार्य थालेको हो । ६ हेक्टरमा रहेको ३० मेट्रिक टन गहुँ आगोले जलेर खरानी बनाएको लगत संकलनमा बिबरणमा उल्लेख भएको दोधारा चाँदनी कृषी शाखा कार्यालयका शाखा प्रमुख कमलापती भट्टले जानकारी दिएका छन् ।


क्षती भएको ३० मेट्रिक टन गहुँ तथा भुस लगाएत अन्य गरि झण्डै रु. ६० लाख क्षतीको अनुमान गरिएको छ् । १९ जना किसानको खेतमा रहेको गहुँवाली खेतमै क्षती भएको हो । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले किसानहरुको अवस्थालाई मध्यनजर राख्दै बिद्युतको तार एकआपसमा ठोक्किएर हावाहुरीबाट सल्केको आगोको झिल्को गहुँवाली क्षती भएकाहरुलाई स्थानिय विपद् व्यवस्थापन कोषबाट प्रति घरपरिवार आकास्मीत राहत रु. ५ हजार दिने घोषणा गरेका हुन् ।

अग्नीपिडित किसानहरुको बैंक बिबरण संकलन गरिसकेको र तत्काल किसानहरुको खातामा प्रति घरधुरी स्थानिय विपद् व्यवस्थापन कोषबाट प्रति घरपरिवार आकास्मीत राहत रु. ५ हजार दिने तयारी गरिएको दोधारा चाँदनी नगरपालिका विपद् शाखाका शाखा प्रमुख रघुनाथ भट्टले बताएका छन् । ‘घोषणा भए संगै तत्काल आकास्मीत राहत रु. ५ हजार दिने तयारी भएको छ्’ दोधारा चाँदनी नगरपालिका विपद् शाखाका शाखा प्रमुख रघुनाथ भट्टले भने ।

आकास्मीत राहत बितरण पछि प्रदेश सरकार र दातृ निकायहरुलाई समेत अग्निपिडित किसानहरुलाई सहयोगको अपिल गरिएको दोधारा चाँदनी नगरपालिका विपद् शाखाका शाखा प्रमुख रघुनाथ भट्टले बताए ।






