दोधारा । दोधारा चाँदनी नगरपालिकामा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र दोधारा चाँदनी नगरपालिका कृषी बिकास शाखा कार्यालयको समन्वयनात्मक बैठक सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका कृषी बिकास शाखा कार्यालयमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजना र कृषी बिकास शाखा कार्यालयको समन्वयनात्मक बैठक सम्पन्न भएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले जानकारी दिएका छन् । बैठकमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनार, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका जलवायु बिज्ञ गणेश ठगुन्ना, दोधारा चाँदनी नगरपालिका पशु शाखा कार्यालयका कृष्ण सिंह साँउद, कृषी बिकास शाखाका शाखा प्रमुख कमलापती भट्ट लगाएतको सहभागिता रहेको थियो ।

बैठकमा दोधारा चाँदनी नगरपालिका क्षेत्रमा बाढी ग्रस्त क्षेत्रमा किसानहरुको उत्पादन तथा जिविकोपार्जन लगाएत पशुपालनले किसानहरुको आर्थिक उन्नती लगाएत बिषयमा छलफल गरिएको कृषी बिकास शाखाका शाखा प्रमुख कमलापती भट्टले बताएका छन् । आउदो आर्थिक वर्षमा बाढीग्रस्त क्षेत्रमा किसानहरुको जिविकोपार्जनमा जोड कसरी गर्न सकिन्छ भन्ने बिषयमा समेत छलफल गरिएको थियो । आगामी दिनहरुमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजना र कृषी बिकास शाखा कार्यालयले समन्वय गरि बाढी आएको बेला तथा बाढीग्रस्त क्षेत्रमा स्थानियहरुको जिविकोपार्जनमा गर्ने बिषयमा रणनिती तयार गर्ने बिषयमा आगामी दिनहरुमा छलफल गर्दै जाने बताईएको छ् ।

बैठकमा आगामी आर्थिक वर्ष देखि कृषी बिकास शाखा कार्यालय र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाले सरोकारवालाहरु संग बृहत छलफल गरि योजना तर्जुमा गर्दै जाने बताईएको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाले बाढीको पुर्वतयारीका थुप्रै अभ्यास संगै तटिय क्षेत्रमा बसोबास गर्ने स्थानियहरुको जिविकोपाजर्नको लागी थुप्रै कार्यक्रम गर्दै आएको छ् ।

