टि- २० क्रीकेटमा पृथ्वी लाई हराउँदै दशनामी युवा क्लब च्याम्पियन

क्रीकेट सम्पन्न भए लगत्तै भोलि देखि भलिबलका खेल सुरु


महेन्द्रनगर: कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा आयोजना गरिएको टि-२० क्रीकेट प्रतियोगिताको दशनामी युवा क्लब च्याम्पियन बनेको छ।

नयाँ वर्षको पुर्व सन्ध्यामा बेलडाँडी गाउँपालिका वडा न.३ मा रहेको सिद्धनाथ माध्यमिक विद्यालयको खेलमैदान न्यु खप्तड युवा क्लबद्वारा आयोजना गरिएको टि-२० क्रिकेट प्रतियोगिताको उपाधि दशनामी युवा क्लब, खैरिघाटले उचालेको हो।

बिहीवार भएको फाइनल खेलमा दशनामी युवा क्लबले पृथ्वी युवा क्लब, पुर्नबासलाई ३ विकेटले हराउँदै उपाधी रक्षा गरेको हो। टस जितेर दशनामी युवा क्लबले बलिङ रोजेको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको पृथ्वी युवा क्लबले निर्धारित १२.३ ओभरमा अल आउट हुँदै ८२ रन बनाएको थियो। ८३ रनको लक्ष्य पाएको दशनामि युवा क्लबले निर्धारित १३.५ ओभरमा ७ विकेटको क्षतिमा लक्ष्य सहजै पूरा गर्दै उपाधि जितेको हो।

प्रतियोगितामा आयोजकका ४ टिम सहित १८ टोलीको सहभागीता रहेको आयोजकले बताएको छ। प्रतियोगिताको च्याम्पियन टिम शनामी युवा क्लबले २५ हजार ट्रफी, प्रमाणपत्र मेडल पाउने छ। भने उपविजेता टिम पृथ्वी युवा क्लबले १३ हजार ट्रफी, प्रमाणपत्र र मेडलमा चित्त बुझाएको छ।

क्रीकेट प्रतियोगिता सम्पन्न भए लगत्तै चैत्र ३० गते भोलि देखि भलिबल प्रतियोगिता सुरु हुने आयोजकले जानकारी दिएको छ। आयोजकका अनुसार,’भोलि चैत्र ३० गते देखि भलिबल प्रतियोगिताका खेलहरु सञ्चालन हुने छन्, भलिबलको फाइनल खेल २०८१ बैशाख १ गते हुने छ। बिषु पर्व लाई मध्यनजर गर्दै बैशाख १ गते रात्रीकालिम सांस्कृतिक जर्गना गर्ने उद्देश्यले देउडा कार्यक्रमको समेत आयोजना हुने छ। बिषु पर्वको अवसरमा न्यू खप्तड युवाले खेलकुद प्रतियोगिता लगायत सांस्कृतिक कार्यक्रमको हरेक बर्ष आयोजना गर्दै आएको छ।


ताजा समाचार

spot_img