दोधारा । दोधारा चाँदनी नगरपालिकामा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्दढ परियोजनाले गरेको कार्यको अनुगमन गरिएको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाले गरेको कार्य प्रगतीको स्थलगत अनुगमन गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का अध्यक्ष माया सार्कीले जनाएका छन् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का माया सार्की, बिनोद जैरु, राजिव अवस्थी, सुद्दढ परियोजनाका बाताबरण बिज्ञ गणेश ठगुन्ना लगाएत टोलीले परियोजनाले गरेको कार्यको अनुगमन संगै कार्यक्रम सुधारका लागी स्थानियहरु संग राय संकलन गरेको छ् । अनुगमनकोमा स्थानियहरुले सुद्दढ परियोजनाको कार्य उत्साहजनक रहेको र बिप्द तथा आर्थिकपार्जनमा नगरपालिका क्षेत्रमा ठुला सहयोग भएको बताएका छन् । दोधारा चाँदनी नगरपालिका– १० मा बाढीबाट स्थानियहरुलाई जोगाउन ‘सेभ हाउस’ निमार्णमा सहयोग, बदाम खेती, जैविक तटबन्ध, बेमौसमी तरकारी खेतीमा सहयोग, यस्तै वडा नं. ९ मा ईन्टरलक ब्लक (ईट्टा) , वडा नं. ८ सुन्दरनगरमा बेमौसी तरकारी खेती, सयपत्री फुल खेती, वडा नं. ५ मा महिला कृषक समुहहरुलाई बेमौसी तरकारीमा सहयोग, वडा नं. ४ मा बादी घरपरिवारलाई जुत्ता उत्पादन तथा मर्मतमा सहयोग लगाएत परियोजनाले गरेको कार्यको अनुगमन गरिएको । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका बाताबरण बिज्ञ गणेश ठगुन्नाले बताएका छन् । अनुगमन टोलीले दोधारा चाँदनी– १० अठार नम्वर पिल्लर बस्तीमा स्थानियस्तरमा जिविकापार्जनको निम्ती परियोजनाले सघाएको टनेल खेतीको अनुगमन गर्दै स्थानियहरु संग परियोजनाले गरेको सहयोगको बिषयमा छलफल गरेका छन् । अठार नम्वर पिल्लर बस्तीमा परियोजनाले निमार्ण गरेको जैविक तटबन्धले कटानी रोकेर स्थानिय किसानहरुको जग्गा जोगाएको स्थानियहरुले टोलीलाई बताएका छन् । अठार नम्वर पिल्लर बस्ती दोधारा चाँदनी नगरपालिकाको दुर्गम बस्ती हो । भारतको सिमाना संग जोडिएको अठार नम्वर पिल्लर बस्तीमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्दढ परियोजनाले स्थानियहरुको जिवीकोपार्जनमा सघाएको भन्दै स्थानियबासी दिल बहादुर रानाले खुशी ब्यक्त गरेका छन् । जगबुडा नदीमा आएको बाढीले जग्गा कटानी गर्दै आएको र बिगतका दिनहरुमा निमार्ण गरिएको जैविक तटबन्ध निमार्ण भएपछि कटानी रोकिएको अनुगमनमा आएका टोलीलाई स्थानियबासी दिल बहादुर रानाले बताएका छन् । दोधारा चाँदनी नगरपालिकाको बिभिन्न वडाहरुमा जिवीकोपार्जनको निम्ती स्थानियहरुलाई कृषी क्षेत्रमा आवद्ध गराएर उत्पादन बढाउने कार्यमा परियोजना लागिपरेको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा परियोजनाले विपद् पूर्व तयारीलाई प्रभावकारी बनाउनुको साथै स्थानियहरुको जिवीकापार्जन तथा मझौला खालका ब्यवसायीहरुलाई सघाउदै आएको बताईएको छ् । अनुगमन टोलीले नगरपालिका बिभिन्न वडामा परियोजना गरेको कार्यको अनुगमन संगै प्रगतीको बिबरण संकलन गरेको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डिसीए नेपालको ‘बि रेडी’ परियोजनाले दोधारा चाँदनी नगरपालिकाको बाढीको उच्च जोखिममा रहेका वडा नं ८, ९ र १० मा एप मार्फत डिजिटल डाटाबेस तयार गरिसकेको छ भने, हाल आएर बाँकी वडाहरु विपद् पूर्व तयारीलाई प्रभावकारी बनाउन मोवाईल एप मार्फत सर्वेक्षण गरेको छ् । सम्पूर्ण घरधुरीहरुको जोखिमको अवस्था, क्षमता, श्रोत साधन, संकटासन्नता र प्रकोपहरुको पहिचान गरी प्रत्येक घरधुरीहरुलाई विपद् जोखिमको अवस्थाको आधारमा डिजिटल डाटाबेस तयार गरी न्यून, मध्यम र उच्च जोखिम का आधारमा हरियो, पहेंलो र रातो गरी तिन तहमा वर्गीकरण गरी नक्सांकन गनै सर्वेक्षण सुरु गरेको हो ।







