सामुदायिक वन समन्वय समिति कञ्चनपुरको आयोजनामा विपद व्यवस्थापन तालिम सम्पन्न

कञ्चनपुर : सामुदायिक वन समन्वय समिति कञ्चनपुरको आयोजनामा तराई भू–परिधि कार्यक्रमको आर्थिक सहयोेगमा “विपद व्यवस्थापन तालिम सम्पन्न भएको छ । गर्मी मौसममा फाल्गनु देखि जेष्ठ सम्म बनमा आगलागी हुने हुदाँ त्यँहा भएका जनावर नष्ट हुनुको साथै वातावरण पनि प्रदुषण हुने भएकोले यसको रोकथामको लागि सबैले सचेत हुनुपर्ने’  सामुदायिक वन समन्वय समिति कञ्चनपुरका अध्यक्ष महेशदत्त जोशीले बताए ।

‘कार्यक्रममा वातावरण संरक्षणको लागि कसरी आ–आफ्नो तहबाट भूमिका खेल्न सकिन्छ जसले गर्दा स्वच्छ वातावरणमा बस्ने सक्ने सबैको अधिकार सुनिश्चित होस भन्ने विषयमा चर्चा भएको थियो । वातावरण स्वच्छ भए निरोगी भएर बाच्न सकिन’ेमा तराई भू–परिधि कार्यक्रमका क्लष्टर ईन्चार्ज देवराज जोशीले बताए । ‘विपद जोखिम न्युनिकरणको लागि स्थानिय सरकार देखि सामुदायिक वनले पनि यसको लागि नगरपालिका सँग सहकार्य गरेर अघि बडनु पर्ने’ शुक्लाफाँटा नगर प्रमुख रण बहादुर महराले बताए ।

शुक्लाफाँटा नगरपालिका सभा कक्षमा आयोजित कार्यक्रममा सामुदायिक वन समन्वय समिति कञ्चनपुरका अध्यक्ष महेशदत्त जोशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख रणवहादुर महरा रहनु भएको थियो उक्त कार्यक्रममा शुक्लाफाँटा नगरपालिकाका वडा अध्यक्ष र कार्यपालिका सदस्य प्रमुख प्रशासकिय अधिकृत खेमराज विष्ट तराई भू–परिधि कार्यक्रमका क्लष्टर ईन्चार्ज देवराज जोशी प्रशिक्षक दिनेश जोशीको सहभागिता रहेको थियो भने कार्यक्रम सञ्चालन सामुदायिक वन समन्वय समितिका उपाध्यक्ष नरेश राज भट्टले गर्नु भएको थियो ।

ताजा समाचार