पुर्नवासका बाढी प्रभावित किसानलाई अनुदानमा कृषि औजार वितरण

कञ्चनपुर : उखु खेती प्रवद्र्धनका लागि पुर्नवास नगरपालिकाका बाढी प्रभावित किसानलाई पचास प्रतिशत अनुदानमा साना कृषि औजार वितरण गरिएको छ ।
आधुनिक रुपमा बगरमा उखु खेती गर्नका लागि नगरपालिकाको वडा नं १, ७ र ९ का किसानलाई विपद व्यवस्थापन समिति मार्फत रोटाभेटर, टे«न्च,हैरो, राजा हल लगायतका कृषि औजार वितरण गरिएको हो । दोदा जलाधार क्षेत्रका बाढी प्रभावित किसानलाई बगरमा उखु खेती गर्नका लागि नेपाल राष्ट्रिय समाजकल्याण संघ कञ्चनपुर र मर्सिकोर नेपालको साझेदारिमा संचालित आर्थिक विकास मार्फत विपद जोखिमव्यवस्थापन परियोजा अन्र्तगत कृषि औजार वितरण गरिएको छ ।

नेपाल राष्ट्रिय समाजकल्याण संघ कञ्चनपुरका कार्यकारी निर्देशक असोक बिक्रम जैरु र नगरपालिकाका नगर प्रमुख तोयराज शर्माले संयुक्त रुपमा कृषि औजार किसानलाई वितरण गर्नु भएको छ । कृषि औजार किसानलाई वितरण गर्नु हुदै कार्यकारी निर्देशक जैरुले उखुखेतिमा आधुनिक प्रविधिको प्रयोग गरी उत्पादन बढाउन, लागत खर्च कम गर्न, कम श्रममै उखुको बढीउत्पादन लिनका लागि कृषिऔजारको प्रयोगमा किसानको पहुँच अभिबृद्धि गर्ने उद्धेश्य राखेर अनुदानको कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो । उहाँले
परियोजनाले समुदायको मागको आधारमा ५० प्रतिशत समुदायको लगानि रहने गरी यो कार्यक्रम सञ्चालन गरेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख तोयनाथ शर्माले नगरपालिकाले उखुको उत्पादनमा बृद्धि गर्न चालु आबमा परियोजना संग समन्वय गरी अनुदानको कार्यक्रम ल्याईएको बताउनु भयो ।
“यो संगै कृषि उत्पादनमा बृद्धि गर्न नगरपालिकाले सिचाइमा विशेष जोड दिएको छ” उहाँले भन्नु भयो,“साना तथा न्यूनआयस्तर भएका बाढीप्रभावित समुदायका किसानहरुलाई सहजरुपमा साना सिचाई तथा कृषिऔजारको प्रयोगमा पहुँच पुरयाई आधुनिक उखु खेतीकामाध्यमले आयआर्जनको अवसर सृजना गर्न मद्दत पुग्ने अपेक्षा गरेका छौं ।”

परियोजनाका अधिकृत महेश घिमिरेका अनुसार वगरमा उखुखेति गर्ने पुनर्वास नगरपालिकावडा नं. १ भकुण्डा सामुदायिक विपद् व्यवस्थापन समितिलाई एक थान रोटाभेटर, गणेश बस्ति सामुदायिक विपद् व्यवस्थापन समितिलाई एक थान ट्रेन्चर, वडा नं. ७ का उग्रतारा सामुदायिक विपद् व्यवस्थापन समितिलाई एक थान राजाहल वितरण गरिएको छ । यसैगरी, वडा नं. ७ का शिवशक्ति सामुदायिक विपद व्यवस्थापन समिति परासनलाई एक थानहैरो र वडा नंं ९ सिताबस्ती सामुदायिक विपदव्यवस्थापन समितिलाई एक थान रोटाभेटर अनुदानमा वितरण गरिएको छ ।

“परियोजना र विपद व्यवस्थापन समितिले कृषि औजार खरिदमा रु चार लाख ९६ हजारको साझेदारी गरेका छन” अधिकृत घिमिरेले भन्नु भयो, “परियोजना र विपद व्यवस्थापन समितिहरुले कृषि औजार खरिदमा आधा आधा रकम व्यहोरेका छन ।” नगरपालिकामा बगर क्षेत्रमा आधुनिक उखु खेतिलाई प्रवद्र्धन गर्नका लागि चिनिमिल र कृषिबिकाशशाखा सँग समन्वय गरी उपयुक्त जातका बिउ छनौट,उन्नत रोपणप्रबिधि, बिउ उपचार, रोगतथा किरा ब्यवस्थापनमा एमरेड परियोजनाले प्राविधिक सहयोग गर्दै आइरहेको छ । कृषि औजार वितरण कार्यक्रममा पुर्नवास नगरपालिका ६ का वडा अध्यक्ष मित्र सिंह लामाको सहभागीता रहेको थियो ।
सामुदायिक विपद् व्यवस्थापन समितिले समुदायमा कृषि औजार प्रयोग गर्दा परियोजना लाभान्वित घरधुरीहरुलाई पहिलो प्राथमिकता दिने र सहुलियत शुल्कमा उपलब्ध गराउने सिताबस्ती विपद समतिका अध्यक्ष पदम परियारले बताउनु भयो ।

ताजा समाचार