मुख्यमन्त्री अन्तर प्रदेश राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता: सुदूरपश्चिम फाइनल प्रवेश

उपाधिका लागि आज सुदूरपश्चिम प्रदेश र लुम्बिनी भिड्नेछन् 


कञ्चनपुर : मुख्यमन्त्री अन्तर प्रदेश स्तरीय राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको फाइनलमा सुदूरपश्चिम प्रदेश पुरुष कबड्डी टिमले स्थान सुरक्षीत गरेको छ।

लुम्बिनी प्रदेशको नवलपरासीमा चैत्र १९ गते देखि सञ्चालन भएको मुख्यमन्त्री अन्तर प्रदेश राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता -२०८० को फाइनलमा लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशको सामना गर्ने छ। प्रतियोगिताको फाइनल खेल आज दिउँसो ४ बजे हुने छ।

सुदूरपश्चिम प्रदेशले मदेश प्रदेश लाई ५८-३८, कोसि प्रदेश लाई ७५-२२, कर्णाली प्रदेशलाई ६४-१८ र अन्तिम चारमा बागमती प्रदेशलाई ५३-२५ को अन्तरले हराउदै फाइनलको यात्रा पक्का गरेको हो।


ताजा समाचार

spot_img