बिपद ब्यबस्थापन तथा जलबायु उन्मुलन मुल प्रवाहिकरण सम्बन्धी अभिमुखिकरण गोष्ठि सम्पन्न


दोधारा । कञ्चनपुरको दोधारा चाँदनीमा योजना तर्जुमा प्रक्रियामा बिपद ब्यबस्थापन तथा जलबायु उन्मुलन मुल प्रवाहिकरण सम्बन्धि अभिमुखिकरण गोष्ठि सम्पन्न भएको छ् । नेपाल राष्टिय समाज कल्याण संघ (एनएनएसडब्लूए) कञ्चनपुर र डिसिएको प्राबिधिक सहयोग र दोधारा चाँदनी नगरपालिकाको आयोजनामा गोष्ठी सम्पन्न भएको छ् । गोष्ठीमा जनताको आवश्यकता र माँग, ग्रामिणमुखि र विपद ब्यबस्थापन तथा जलबायु उन्मुलनमा बजेटको प्राथमिकीकरण लगाएतका बिषयमा छलफल भएको हो । आउदो बजेटमा विपद ब्यबस्थापन, जलवायु उन्मुलन, नगरका स्थानियहरुको माँग अनुसारका योजनालाई समेट्न आग्रह गरीएको छ् ।

कार्यक्रममा बोल्दै दोधारा चाँदनी नगरपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत भानदेब भट्टले दोधारा चाँदनी नगरपालिका बिपदको उच्च जोखिममा रहेको नगरपालिका भएकाले आगामी आर्थिक बर्ष २०८१/०८२ को बजेटमा बिपद्का कुरालाई ध्यानमा राख्दै स्थानियको माँग अनुसार बजेट बिनियोजन गरिने बताएका छन् । बजेट निर्माणको पुर्वसन्ध्यामा योजना तर्जुमा प्रक्रियामा विपद ब्यबस्थापन तथा जलवायु उन्मुलन मुल प्रवाहिकरण लगाएतका बिषय संग सम्बन्धित अभिमुखिकरण गोष्ठी महत्वपुर्ण रहेको उनले बताए । स्थानिय सरकार जनता संग प्रत्यक्ष सरोकार राख्ने भएकोले आफुहरुले पहुँचको भरमा भन्दा आमसर्बसाधारणको आवश्यकता र माँग अनुसार बजेटको बिनियोजन गर्ने दोधारा चाँदनी नगरपालिकाका उपप्रमुख गंगा जोशीले प्रतिबद्धता जनाएका छन् ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लूए) कञ्चनपुर, डिसिए लगाएतका संस्थाहरुले दोधारा चाँदनी लगाएतका स्थानियतहलाई स्थानिय सरोकारका बिषयमा पुनरताजकी प्रदान गर्ने महत्वपुर्ण काम गरेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर लिम्बुले बताए । महाकाली र जोगबुडा नदीका कारण बर्षेनि दोधारा चाँदनी नगरपालिकाले बिपदको सामना गर्नुपरेको समेत उनले उल्लेख गरे । उनले दोधारा चाँदनी बिपदको उच्च जोखिममा रहेको नगरपालिका रहेकोमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लूए) कञ्चनपुर, डिसिएले बिपदको जोखिम न्युनिकरणको क्षेत्रमा समेत महत्वपुर्ण कार्य गर्दै आएको बताएका छन् ।

विपद जन्य जोखिम न्यनिकरण र जलवायु परिवर्तनका कारण आम मानब समुदाय र अन्य प्राणिले अनेकन समस्याहरु भोग्नु परेकोले जलवायु परिवर्तनका असरहरुलाई रोक्न सामुहिक प्रतिबद्धता र सहयोग आबश्यक रहेको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लूए) कञ्चनपुरका कार्यक्रम संयोजक राजकुमार सुनारले बताए । संयोजक सुनारले परियोजनाले गरिरहेका काम ,योजना, उदेश्य लगाएतका बिषयमा समेत जानकारी दिएका छन् ।

कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका १० बटै बडाका सचिव तथा दोधारा चाँदनी नगरपालिकामा कार्यरत बिभिन्न शाखाका प्रमुख तथा प्रतिनिधीहरु, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लूए) कञ्चनपुर र डिसिएका कार्यक्रम संयोजक तथा प्रतिनिधिहरु लगाएतको सहभागिता रहेको थियो


ताजा समाचार

spot_img