झलारी : अधिकार प्राप्तीको लडाईमा अगुवाई गर्नका लागि शुक्लाफाँटा नगरपालिकामा शनिवार आयोजित दलित, आदिवासी जनजाती समुदायका अगुवाहरुको भेलाले शिवी लुहारको संयोजकत्वमा २५ सदस्यीय समिति गठन गरेको छ ।
सामाजिक न्यायकालागि हामि र हाम्रो रुपान्तरण अभियान अन्र्तगत आयोजित भेलाले समितिको सचिवमा राना थारु समुदायबाट धन बहादुर रानालाई चयन गरिएको छ भने अन्यलाई सदस्यमा चयन गरिएको छ । रन हि सुनारको संयोजकत्वमा सात सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।

गठित समितिले दलित आदिवासी र जनजातिहरुका संयुक्त रुपमा सवाल उठाउने र हक अधिकार लागि संघर्षका लागि पैरवी गर्ने दलित अगुवा इश्वर सुनारले बताउनु भयो । उहाँका अनुसार नगरपालिकाका सबै वडा तह सम्म अधिकारका लागि अभियान सञ्चालन गरिने छन । दलित र आदीवासी जनजाती समुदायका अगुवाहरुले संबिधान भएका व्यवस्था अधिकार स्थापित गर्नका आवश्यक छ्लफल सहित अन्तक्रिया कार्यक्रम गरेका छन ।

जेष्ठ सदस्य समला रानाको अध्यक्षतामा भएको कार्यक्रममा शिवी लुहारले कार्यक्रमको औचित्य बारे प्रकास पार्नु भएको थियो । कार्यक्रममा दलित, आदिवासी जनजाती अगुवाहरु ईश्वर सुनार, रन सिंह सुनार ,वडा नं ३ का अध्यक्ष नरेन्द्र चौधरी, हवल्दार चौधरी , धन बहादुर राना ,सुरेन्द्र चौधरी, रतन बहादुर राना गोबिन्द नेपाली बेलु नेपाली , भागि राम चौधरी, अनिता नेपाली, राम चुनारा , बिमला सार्कि , गणेश बिक, राकेश लुहार लगायतले सुझाव सहित मन्तव्य राख्नु भएको थियो । अगामी कार्यक्रमको कार्यदिशा प्रष्ट पार्ने बारे छलफल समेत भएको छ । कार्यक्रमको सञ्चालन अन्तराम वडले गर्नु भएको थियो ।

