बोरिङ मर्मत भएपछि असैनाका दुईसय बढी किसानलाई सिचाई सुविधा

राजेन्द्रप्रसाद पनेरु / कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ४ असैनामा चार दशक अघि सिचाइका लागि जडान गरिएको अटोजन बोरिङ मर्मत गरी सञ्चालनमा ल्याईएको छ । वडा कार्यालयले रु दुई लाख रकम खर्च गरी विग्रीएको बोरिङ मर्मत गरी सञ्चालन गरेको हो । बोरिङ मर्मत गरी सञ्चालनमा ल्याईएपछि दुई सय बढी परिवारले सिचाई सुविधा पाएका छन ।
“वर्षौ देखि बोरिङ विग्रदा सिचाई सुविधाबाट बञ्चित रहदै आएका थियौं” स्थानिय नेपाली रानाले भन्नु भयो, “बोरिङबाट लगातार पानी चुहिदा नजिकको झण्डै दुई विघा बढी जग्गा सीमसारमा परिणत भएको थियो ।”

बोरिङका भल्व फेर्ने कार्य गरिए पछि चाहेको बेला खेतमा सिचाई गर्न सकिने र नचाहिएका बेला बन्द गर्न सकिने भएको उहाँले बताउनु भयो । बोरिङबाट लगातार पानी चुहिने कारणले खेती लगाउनै मुश्लि हुदै आएको नत्थु रानाले बताउनु भयो । “बोरिङ मर्मत गरिए पछि व्यवस्थीत तरिकाले खेतमा सिचाई गर्न सकिने भएको छ” उहाँले भन्नु भयो, “खेतीका लागि आवश्यक पर्ने पानी बोरिङबाटै उपलव्ध हुने भएको छ ।” “तरकारी खेती गर्नका लागि बोरिङको पानी पुरयाउन संभव नहुदा विगतमा घरकै नल्कामा जडान गरिएको मोटरबाट सिचाई गर्दै आएका थियौं” सुशिला रानाले भन्नु भयो, “बोरिङ मर्मत भएपछि सहज रुपमा सिचाई गर्न पाईने भएको छ ।” विसं २०४० साल अघि किसानको खेतमा सिचाई सुविधा उपलव्ध गराई कृषिको उत्पादकत्व बढाउनका लागि अटोमेटिक बोरिङ जडान गरिएको थियो ।

बोरिङ जडान भएको केही वर्ष सम्म सहज रुपमा सञ्चालन भएपनि भल्व विग्रीदा अलपत्र परेको थियो । भल्व मर्मतका लागि स्थानिय बासिन्दाले रकमको जोहो मिलाउन नसक्दा बोरिङबाट लगातार रुपमा पानी चुहिने समस्याले किसानले हैरानी खेप्दै आएका थिए । वडा अध्यक्ष कमल ठकुल्लाले स्थानिय बासिन्दाको माग अनुसार बोरिङ मर्मत गरी व्यवस्थीत रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाईएको बताउनु भयो । बोरिङ मर्मत संगै त्यसको सुरक्षाका लागि पर्खाल निर्माण गर्ने कार्य गरिएको उहाँले बताउनु भयो । बोरिङले प्रति सेकेण्ड छ इन्च पानी फाल्ने गर्दछ । बोरिङ मर्मत भए पछि वडाका दुई सय बढी किसानको झण्डै साठी विघा बढी जग्गामा सिचाई सुविधा पुगेको वडा सदस्य मनिदत्त पन्तले बताउनु भयो । स्थानिय बासिन्दाले बोरिङको पानी सिचाई संगै लताकपडा धुने, पिउने र बस्तुभाउलाई खुवाउने कार्यमा पनि प्रयोग गर्दै आएका छन ।

ताजा समाचार

spot_img