युनाईटेड पब्लिक स्कुलको १५ औँ बार्षिकोत्सव सम्पन्न


कञ्चनपुर : भीमदनत्त नगरपालिकाको युनाईटेड पब्लिक सेकेन्ड्री स्कुलको बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । भीमदत्त नगरपालिका ४ महेन्द्रनगरमा रहेको युनाईटेड पब्लिक सेकेन्ड्री स्कुलको १५ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो । बुधबार एक कार्यक्रमका विच विद्यालयले विवित कार्यक्रम गरेर दिवस मनाएको छ ।

युनाईटेड पब्लिक सेकेन्ड्री स्कुलका प्रिन्सिपल राजेन्द्र सिह साउदले विद्यालयको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको शैक्षिक गुणस्तरबृद्धिमा जोडदिए । प्रिन्सिपल साउदले अभिभावकसंग विद्यार्थीको दैनिक शैक्षिक गुणस्तरमा बृद्धि भईरहेको बताए । कार्यक्रमका प्रंमुख अतिथि समेत रहेका सुदूरपश्चि प्रदेशका निर्वतमान मुख्यमन्त्री राजेन्द्र सिह रावलले शैक्षिक सुधारमा जोडदिए ।

कार्यक्रममा उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ । विद्यार्थीले विवित साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । युनाईटेड पब्लिक सेकेन्ड्री स्कुल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदिशचन्द्र भट्टको अध्यक्षतामा भएको कार्यक्रममा अभिभावक, विद्यार्थी, शिक्षक, जनप्रतिनिधी सहितको सहभागिता रहेको थियो ।


ताजा समाचार

spot_img