महाकाली मोडर्न पब्लिक स्कुलको बार्षिकोत्सव : शैक्षिक गुणस्तरमा जोड


कञ्चनपुर : कञ्चनपुरको महाकाली मोडर्न पब्लिक स्कुलको बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । आइतबार भीमदत्त नगरपालिका ३भाँसी महेन्द्रनगरको महाकाली मोडर्न पब्लिक स्कुलको ३३औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयका प्रिन्सिपल दिजराज भट्टले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक गुणस्तर बृद्धि गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

प्रिन्सिपल भट्टले ०४८ सालमा सञ्चालन भएको उक्त विद्यालयमा हाल ८सय विद्यार्थी र ४३ जना शिक्षक कर्मचारी रहेको बताए। साथै उनले विद्यालयले विद्यार्थी परिक्षामा पास मात्रै हैन समाजमा दक्ष जनशक्ती निर्माण गर्ने उद्धेश्य राखेको बताए। विद्यालयले केही दिन अघी मात्रै विद्यार्थीहरूको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउने र आत्मनिर्भर बनाउने उद्देश्यले मोडर्न फेस्ट समेत सञ्चालन गरेको थियो। कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा पूर्व आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश बहादुर रावलको प्रमुख आतिथ्य रहेको थियो भने विद्यालय व्यथापन समिति अध्यक्ष रेनु धामिको सभापतित्व रहेको थियो।

विद्यालयका शिक्षक महेश बिष्टले सञ्चालन गरेको उक्त कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतीका साथै विद्यालयले वर्षभरीमा सञ्चालन गरेका अतिरिक्त क्रियाकलाप तथा परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कृत समेत गरिएको छ । कार्यक्रममा सरोकारवाला सहित विद्यार्थी, अभिभावक सहितको सहभागिता रहेको थियो ।


ताजा समाचार

spot_img