सरस्वती माध्यमिक विद्यालयको ५१ औं  बार्षिकोत्सव सम्पन्न


कञ्चनपुर : कन्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ मा रहेको श्री सरस्वती माध्यमिक विद्यालयले ५१ अौं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ। शनिबार अायोजना गरिएको उक्त कार्यक्रममा बिद्यार्थीहरुले विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

बिद्यालयका प्रध्यानाध्यापक जगन्नाथ पाण्डेले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक गुणस्तरमा प्रतिबद्धता जनाएका थिए। कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस प्रमुख सचेतक तथा निर्वाचन क्षेत्र नम्वर ३ का सांसद रमेश लेखक रहेका थिए। बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भीम भट्टको सभापतित्वमा कार्यक्रम अायोजना गरिएको थियो।


ताजा समाचार

spot_img