कञ्चनपुर : कञ्चनपुरको दोधारा चाँदनीका युवा दाजु भाईले एलईडी बल्ब को पाटपुर्जा भारतीय र चाइना बजार बाट ल्याई एसम्बल्ड गरी वितरण गर्दै आएका छन् । जीबी आईडियल ग्रुप बाट एलईडी बल्ब विक्री वितरण गर्दै आई रहेका दाजु भाईले आफू सँगै अरुलाई पनि रोजगारी दिएका छन् । ‘२०७८ बाट काम एलईडी बल्बको कामशुरु गरेका दाजुभाईले करिब तिन बर्ष आफुले बनाएको एलईडी बल्बको परीक्षण गर्दै सुदूरपश्चिमका बजार र काठमाडौमा वितरण गर्दै आई रहेको’ जीबी आईडियल ग्रुपका अध्यक्ष गजेन्द्र भट्टले बताए । उनले भने ‘बजारमा पाईने अरु कम्पनीका एलईडी बल्ब भन्दा आफूहरुले एसम्बल गरेको बल्ब राम्रो, टिकाउ साथै सस्तो पनि रहेको छ ।’

३ वर्षको परीक्षणकाल पछि फाल्गुन ११ गते बाट विधिवत रुपमा उद्दघाटन गरी एलईडी बल्बको काम शुरु भएको छ । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले उद्दघाटन गर्नु भएको उक्त जीबी आईडियल ग्रुपको प्रगती र उत्तरोत्तर कामना गर्दै लिम्बुले भने ‘हाम्रा युवाहरु सरकारी नोकरी र विदेश जाने होडले युवाहरु स्वरोजगार हुन् सकेका छैनन् यस्तो बेला यस प्रकारको काम गर्दै आई रहेका जीबी आईडियल ग्रुपका युवाहरुलाई सबैले प्रोत्साहन र सहयोग गर्नु पर्दछ । उनीहरुले आफु सँगै दुई चार जना युवाहरुलाई रोजगार दिएका छन् यस्ता युवालाई सम्मान गर्नु पर्दछ ।’ साथै आफुले पनि सरकारी जागिरको आश नगरी विद्यालय सञ्चालन गरी आफू सँगै १५–१६ जनालाई रोजगारी दिएको बताए ।’
व्रिक्सटन कलेज बाट विविए अध्ययन गरेका बलदेव भट्ट जीबी आईडियल ग्रुपका प्रबन्ध निर्देशक र कोरिया नेपाल इन्स्च्युट अफ टेक्नोलोजी बुटबल बाट ओभरिसियर पास गरेका गजेन्द्र भट्ट अध्यक्ष रहेका छन् ।‘उद्यमशीलको अवधारणा राखेर उद्यमी बन्नु पर्छ र उद्योगहरु रोजगारी सिर्जना गर्ने गर्दछ । त्यसैले उद्योगहरु जोगाउनु पर्दछ, यस प्रकारको कार्य गर्ने युवाहरुलाई आफुले सक्दो सहयोग गर्ने’ नगर प्रमुख लिम्बुले बताए । अहिले दैनिक युवाहरु लागु पर्दाथको चंगुलमा फस्दै गरेको अवस्थामा यस्ता युवाहरु समाजको लागि प्रेरणाको स्रोत पनि हुने नगर प्रमुख लिम्बुले बताए ।

‘परिर्वतन आफैबाट शुरु गर्नु पर्छ’ भन्ने मुल मन्त्र लिएको जीबी आईडियल ग्रुपका प्रबन्ध निर्देशक रहेका बलदेब भट्टले भने, ‘युवाहरुलाई रोजगारी दिने उद्देश्यका साथ ३ वर्ष अगाडी एलईडी बल्बको एसम्बल गरी विक्री वितरण सञ्चालनमा ल्याएका हौं । तिन वर्षको अवधिमा ९९ प्रतिशत सफलता पछि विश्वास योग्य उत्पान भए भयो भने हाम्रो टिमलाई लागे पछि हामीले आज बाट विधिपूवर्क सञ्चालनमा ल्याएका छौं । हाल ७ जना जतिलाई रोजगारी दिएका छौं ।’ परिवर्तन आफुबाटै शुरु गर्नु पर्छ भने सोचका साथ शुरुवात गरेकोे जीबी आईडियल ग्रुपलाई सबैको साथ सहयोग रहने विश्वास समेत व्यक्त गरे ।
शुक्रबार भएको उद्यघाटन समारोहमा दोधारा चाँदनीनगरका नगर प्रमुख किशोर कुमार लिम्बु, विभिन्न वडा अध्यक्ष, सुरक्षा निकायका प्रमुख लगायत स्थानिय बुद्धिजिवी पत्रकारको सहभागिता रहेको थियो ।

