कञ्चनपुर : कञ्चन विद्या मन्दिर सामुदायिक कलेजले विद्यार्थीको चौतर्फी विकासको लागि ३ दिने शैक्षिक भ्रमणमा हिड्ेको छ । भारतको उत्तर प्रदेश राज्यमा रहेको फैजाबाद जिल्लाको सरयू नदीको तटमा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल अयोध्या जहाँ भगवान रामजन्मभूमि मन्दिर रहेको छ ।

सोही स्थानको भ्रमण गर्न शुक्रबार कञ्चन विद्या मन्दिर सामुदायिक कलेजका कक्षा ११, १२, विविएस र एमविएसका विद्यार्थी र शिक्षक गरी ५३६ जना शैक्षिक भ्रमण जान लागेको कजेका प्रचार्य डा.राजकुमार साउदले बताए । सामुदायिक कलेज मध्ये सबै भन्दा पुरानो शैक्षिक संस्थामा पर्ने कञ्चन विद्या मन्दिर शिक्षाको क्षेत्रमा पनि सबै भन्दा अब्बल रहेको छ । कक्षा नर्सरी देखि एमविएस सम्मको पढाई हुने यस विद्यालय आर्थिक हिसाबले पनि बलियो रहेको छ ।

‘शिक्षाको साथै बाहिरी दुनियाको जानकारी र विद्यार्थीको चौतर्फी विकासको लागि यस प्रकारको शैक्षिक भम्रण आवश्यक रहेको’ प्रचार्य डा. राजकुमार साउदले बताए । शैक्षिक भ्रमणमा सितारगंजका यातायात व्यवसायी प्रदिप गुप्ताले सञ्चालन गरेको प्रदिप टुर एण्ड ट्रार्भल्सद्वारा सञ्चालित १० वटा वसमा विद्यार्थी र शिक्षकलाई शुक्रबार बेलुका कञ्चन विद्या मन्दिरको प्राङ्गण बाट ३ दिने भ्रमणमा रहने छ।







