अमिटी कलेजले मनायो १४ औं वार्षिकोत्सव


महेन्द्रनगर : अमिटी कलेजले विभिन्न कार्यक्रम गरी भव्यताका साथ १४ औं वार्षिकोत्सव मनाएको छ । कलेजले १४ औंं वार्षिकोत्सव अवसरमा प्रत्येक वर्ष प्रदान गर्दै आइरहेको समाजिक सुरक्षा सहायोग यस वर्ष चौपाया सहार तथा उद्दार (आई केयर यु) र शारीरिक अपाङ्गता खेलकुद प्रवर्धन समाजको व्हलचियर बास्केटबल टिमलाई नगर २१/२१ हजारले सहयोग गरेको छ यस अघि १३ औं वार्षिकउत्सवमा वनखेतस्थित महिला तथा वृद्धा सेवा केन्द्र र कञ्चनपुर जिल्ला खेलकूद विकास समितिलाई नगद २०/२० हजार सहयोग गरेको थियो ।

शिक्षाको क्षेत्रमा अग्रणी स्थान हासिल गरेको अमिटि कलेजका विद्यार्थीहरुले देश विदेशमा उच्च तहमा बसेर सेवा दिदैं आई रहेका छन् । कार्यक्रममा कलेजमा अध्ययन गरी सरकारी सेवामा जागिर भएका विद्यार्थीलाई सम्मान गरेको छ । साथै विद्यार्थीहरुको सुविधालाई ध्यानमा राखि बीबीए र बिएचसिएमको पठनपाठन हुँदै आएकोमा कलेजले एमबीए र बीसीए पढाउने प्रक्रिया अघि बढाएको छ । विश्वविद्यालयले छिटो भन्दा छिटो स्वीकृत दिन्छ भन्नेमा आशावादी रहेको कलेका प्रधनाध्यापक रविन्द्र अवस्थिले बताए ।

विभिन्न कलेजका प्रिन्सिपल, शिक्षक, विद्यार्थी, अभिभावक सहभागी रहेका कार्यक्रममा पढाई, खेल, तथा अतिरिक्त क्रियाकलापमा अब्बल विद्यार्थीलाई सम्मानका साथै पुरुस्कृत पनि गरिएको थियो । वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

कलेजका सञ्चालक समितिका अध्यक्ष गोकुलदेब भट्टको अध्यक्षतामा गरिएको कार्यक्रममा प्रमुख आथित्य सुदूरपश्चिम विश्वविद्यालयका पूर्व डिन डा. टेकराज पन्त रहनु भएको थियो । कार्यक्रम सञ्चालन कलेजका शिक्षक रमेश भट्टले गरेका थिए भने कार्यक्रममा रविन्द्र अवस्थीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे । उनले १४ औं वार्षिकोत्सव मनाउँदा सम्म कलेजले अपेक्षित रुपमा शैक्षिक उपलब्धि हासिल गरेको उल्लेख गर्दै शिक्षक, विद्यार्थी, अभिभावक र सहयोगी सबैलाई धन्यवाद दिए ।


ताजा समाचार

spot_img