दोधारा । दोधारा चाँदनीमा वडाध्यक्ष केशव खत्रीले वालवालिकाहरुलाई खेल सामग्री बितरण गरेका छन् । दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले वालवालिकाहरुलाई खेलमा आकर्षित गराउन तथा कुलतबाट जोगाउन खेल सामग्री बितरण गरेका हुन् । वडामा रहेका वालवालिकाहरुलाई भलीवल र ब्याटमिन्टन सेट (खेल सामग्रीं बितरण गरेको दोधारा चाँदनी नगरपालिका– ५ वडा कार्यालयले जनाएका छन् ।


केही दिन पनि वडाध्यक्ष केशव खत्रीले युवाहरुलाई वडा कार्यालयमा खेल सामग्री बितरण गरेका थिए । आफुले पाउदै आएको सरकारी सेवा सुबिद्याबाट वडाध्यक्ष खत्रीले दुखी गरिव, बिपन्न, बिद्यार्थी, तथा खेलाडीहरुलाई सहयोग गर्दै आएका छन् । वालवालिकाहरुले खेल सामग्री पाएपछि खुशी हुदै वडाध्यक्ष खत्रीलाई धन्यबाद दिएका छन् ।







