मैले बुझेको प्रेम

कयौले प्रेमको व्याख्या गरेको देखिन्छ। सबैको व्याख्या आफैमा केही सान्दर्भिक होला तर के व्यवहारिक छ ? प्रेम के त्यति सतहि हुन सक्छ ? प्रेम र माया मा केही समान्ता भए पनि धेरै भेद छ। प्रेममा कहिले धोका हुदैन, जालझेल हुदैन, आफ्नै हुनुपर्ने स्वार्थ हुदैन, आफैले पाउनुपर्ने अहङ्कार हुदैन। यहाँ त आफ्नो अहङ्कारलाइ पो प्रेम ठानिन्छ। हो मैले शब्द चयन सहि गरे “अहङ्कार” जहाँ आफ्नै हुनुपर्ने ठानिन्छ अनि प्रेम प्रस्ताब स्विकार भएन भने अनेकन दुख दिइन्छ। आफुले चाहे जस्तो भए ठिक होइन भने कुरा काट्दै हिडिन्छ। के प्रेम गरेको भए प्रेम गर्ने व्यक्तिको बारेमा तेति खराब कसरी बोल्न सक्छ मान्छे ? हिजो सम्म तारिफका आदि-तुफान ल्याउने मान्छे ले आज कसरी गालिको बाढी ल्याउन सक्छ। हिजो सम्म जस्का लागि ज्यान दिन तयार हुन्छ अनि आज उस्कै ज्यान लिन तयार हुन्छ । अनि त्यो अहङ्कार नभएर के हो?

प्रेम त स्वच्छ छ त्यहा कुनै कुविचार र कुण्ठाले जन्म लिनै सक्दैन। प्रेम त आकाश झै शान्त र विशाल हुनुपर्ने जहाँ पुर्ण सृष्टि अटाउन सकोस। प्रेम त समुद्र झै गहिरो हुनुपर्ने जहाँ ठुला नदि देखि खहरे खोला समाहित हुन सकुन। प्रेम त पुर्ण रुपमा सकारात्मक उर्जाले भरिपुर्ण हुनुपर्ने जहाँ न कुनै स्वार्थ न व्यभिचारले स्थान पाओस, न कुनै भोग न कुनै अहङ्कारले बाध्न सकोस। प्रेम भनेपछी त्यहा केवल प्रेम हुनुपर्ने होइन र? प्रेम आफैमा स्वर्गको सुगन्ध हो। प्रेम प्रकृति अनि सृष्टि अनुपम उर्जा हो। प्रेम परमात्माको अनुभूति हो। जहाँ प्रेम छैन त्यहा आफ्नोपन छैन, जहाँ प्रेम छैन त्यहा भक्ती छैन, जहाँ प्रेम छैन त्यहा परमात्मा(भगवान) छैन। जुन प्रेममा सम्झौता हुन्छ त्यो प्रेम त प्रेम नभएर केवल व्यवशाय हो। प्रेम आफू सङ्ग हुनु वा नहुनु, आफ्नो आलिङ्गनमा हुनु वा नहुनुले प्रेम प्रतीको धारणा परिवर्तन हुदैन। हिजो सम्म सङ्सारकै उत्कृष्ट लाग्ने व्यक्ती आज संसारकै निकृष्ट हुदैन। अझै कतिले आफ्नो अहङ्कार पूरा नहुदा झुटो प्रेमको कथा बुन्छन, आफुले चाहे अनुरुप भोग गर्न नपाउदा झुटो प्रेमको आरोप लगाउदैदै अनेकन गाली गर्छन। तर महोदय, झुटो त तिम्रो अहङ्कार थियो प्रेम थिएन। आफ्नो अह्ङ्कार लाई लुकाएर प्रेमलाइ किन झुटो भन्दै झुटो आरोप लगाउने ? यदि कसैले झुटो प्रेम भन्छ भने प्रेम गर्छौ भन्नेहरु झुटा हुन अहङ्कारी हुन, प्रेम होइन।

तिमिले देखेको सत्य (appearing truth ) मा प्रेम झुट भन्ने लागेको हो। प्रेम त पुर्ण सत्य (ultimate truth) हो। मैले एपियरिङ ट्रुथ भन्ने शब्द चयन गरे किन भने सत्त (truth) धेरै किसिमका छन। बिजय कुमार भन्नुहुन्छ सत्य ३ प्रकारका छन” एउटा हामिले देख्ने सत्य (एपियरिङ ट्रुथ) , अर्को तुलनात्मक सत्य ( रिलेटिभ ट्रुथ) र अर्को अन्तिम सत्य( ultimate truth) । अन्त्यमा आज कतिले( प्राय युवाहरु) प्रणय दिवस/ प्रेम दिवस को कुरा अधिक गरिरहेछन आफ्नो किशोर अवस्थामा हामी नि यदाकदा कुरा गर्थय।तर अहिले मलाइ के लाग्छ भने प्रेमको कुनै दिवस हुनै सक्दैन। प्रेम त पुजा हो, प्रेम त प्राथना हो, प्रेम परमात्माको झल्को हो यस्तो पबित्र तत्वको दिवस बनाउनु नै मुर्खता हो। प्रेम गर्नेका लागि हरेक दिन प्रेम दिवस हो। प्रेम नगरेर नाटक गर्नेका लागि आजको दिन पनि प्रेम दिवसका नाममा प्रेमको अभिनय गर्ने नाटकघर हो। अन्त्यमा सबैको मनमा प्रेम होस, सबैको नजर र जीवन प्रेमले भरिओस। सबैको प्रेम होस आफ्ना परिवार सङ्ग मित्रवर सङ्ग, समस्त मानव सभ्यता अनि जिवजन्तु सङ्ग, प्रकृती सङ्ग अनि सृष्टि सङ्ग।

जय प्रेम अस्तु

लेखक : विवेक पन्त
शुक्लाफाटा, कंचनपुर

ताजा समाचार