कञ्चनपुर : महाकाली बहुप्राविधिक शिक्षालयले तेश्रो वार्षिक उत्सव एवं अभिभावक भेला सम्पन्न भएको छ । भीमदत्त नगरपालिका र महाकाली प्रादेशिक अस्पतालले २०७८ सालमा प्राविधिक शिक्षालय सञ्चालन अनुमतिका लागि सिटिइभिटी बाट डिप्लोकम इन फर्मेसी र प्रमाणपत्र तह हेल्थ ल्याब टेक्निसियन पढाउने अनुमति पाएको उक्त शिक्षालयले आफ्नो तेश्रो वार्षिक उत्सव एवं अभिभावक भेला भव्यताका साथ मनाएको छ ।

शुक्रबार भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाली काँग्रस केन्द्रीय सदस्य, काग्रेस संसदिय दलका प्रमुख सचेतक माननिय रमेश लेखकले महाकाली बहुप्राविधिक शिक्षालयले छोटो समयमा पनि शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च प्रशंसा गरेका छन्। साथै उनले महाकाली बहुप्राविधिक शिक्षालयलाई सकेको सहयोग गर्न सँधै तत्पर रहने प्रतिवद्धता समेत गरेका छन्।

उत्सवमा शिक्षालयका विद्यार्थीले सास्कृतिक कार्यक्रमको प्रस्तुति गर्नुको साथै आफूमा भएको कलाको प्रर्दशन पनि गरेका थिए । उक्त कार्यक्रममा शिक्षालयका निर्देशक प्रर्मल साउदले आर्थिक तथा शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसैगरी कार्यक्रमबाट शिक्षालय स्थापनमा र सञ्चालनमा महत्वपूर्ण योगदान पुर्याएका १७ जनालाई सम्मान गरिएको छ भने कञ्चनपुरका दुइ वटा शैक्षिक संस्था बैजनाथ मावि र आइसिएलाई समेत शिक्षालय सञ्चालनमा सहयोग गरेको भन्दै कदर पत्र सहित सम्मान गरिएको छ।

कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रमुख तथा महाकाली बहुप्राविधिक शिक्षालयका अध्यक्ष पदम बोगटीको सभापत्विमा प्रमुख अतिथी नेपाली काँग्रस केन्द्रीय सदस्य, काग्रेस संसदिय दलका प्रमुख सचेतक माननिय रमेश लेखक रहनु भएको थियो, विशिष्ट अतिथीमा क्षेत्र नं. ३ क का प्रदेश सभासद प्रकाश रावल रहेका थिए भने शिक्षालयका प्रशिक्षकद्वय धर्मानन्द भट्ट र चुडामणि शर्माले सञ्चालन गरेका थिए ।






