पुनर्वास : कञ्चनपुरको पुनर्वास-२, स्थित अरनिको बस्तिमा सञ्चालित अरनिको सैनिक कप खुल्ला पुरूष फुटबल प्रतियोगितामा त्रिभुवन युवा क्लब र नेपाल आर्मीको देवीदल गणले अग्रता लिएका छन । बुधबार तेस्रो दिनको पहिलो खेल नेपाल पुलिस टिम र त्रिभुवन युवा क्लब बिच खेलाईएको थियो । भने निर्धारित ३५ / ३५ मिनेटमा खेलाईएको खेलमा कुनै पनि टिमले गोल गर्न नसकेपछि पेनाल्टी सुटआउट खेलाईएको थियो ।
पाँच / पाँच जनाबिच भएको पेनाल्टी सुटआउटमा २ का बिरूद्ध ३ गोल प्रहार गरि त्रिभुवन युवा क्लब विजयी भएको छ । त्यस्तै,प्रतियोगितामा मेन अफ द म्याच त्रिभुवन युवा क्लबका गोल रक्षक निरज चौलागाईंलाई प्रमुख अतिथि देवीदल गण गणपती रबिजंग केसीद्वारा हस्तान्तरण गरिएको थियो ।
त्यसैगरी,दोस्रो खेल राम युवा क्लब र देवीदल गण आर्मी टिम बिच भएको थियो । जसमा १ को बिरूद्ध २ गोल प्रहार गरि आर्मी टिमले अग्रता लिएको हो । खेलमैदान को चारैतिर फुटबल खेल प्रेमि दर्शकले खचाखच भरिएको थियो । प्रतियोगिताको विजेता टिमले नगद २ लाख ६० हजार र उपविजेता टिमले १ लाख ३० हजार सहित मेडल, ट्रफी,प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगितामा सर्वाधिक गोलकर्ता उत्कृष्ठ गोलरक्षक, रक्षक, फरवार्ड, फेयर प्लेयर र उदयमान खेलाडीलाई जनही ५ हजार सहित ट्रफी प्रदान गरिने र प्रतियोगिताको उत्कृष्ठ एकजना खेलाडीलाई नगद १० हजार सहित मेडल,ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिताको मूख्य प्रायोजकमा प्रकाश दाहाल स्मृति प्रतिष्ठान रहेको छ । भने सह प्रायोजकको रुपमा काठमाडौंको विज्ञान एसआर म्यानेजमेन्ट प्रालि रहेको छ ।