जनहितमा काम नभएको भन्दै चोरी शिकारी नियन्त्रण समिति पदाधिकारीले दिए सयुक्त राजिनामा


दोधारा । दोधारा चाँदनी नगरपालिकामा रहेको हिमालय मध्यवर्ती उपभोक्ता समिति अन्तर्गत गठित चोरी शिकारी नियन्त्रण समितिका पदाधिकारीहरुले सयुक्त राजिनामा दिएका छन् । दोधारा चाँदनी नगरपालिकामा रहेको हिमालय मध्यवर्ती उपभोक्ता समिति अन्तर्गत गठन भएको चोरी शिकारी नियन्त्रण समितिका सम्पुर्ण पदाधिकारीहरुले एक बैठक बसेर एकमुष्ठ राजिनामा दिएका छन् । चोरी शिकारी नियन्त्रण समिति चाँदनीको गएको २२ गते बसेको बैठकको निर्णय नं. २ मा चोरी शिकारी नियन्त्रण समितिका सम्पुर्ण कार्य समितिले सयुक्तरुपमा राजिनामा दिएका हुन् । कुन कारणले राजिनामा गरिएको भने निर्णय पुस्तीकामा खुलाईएको भने छैन् ।

चोरी शिकारी नियन्त्रण समिति चाँदनीका संयोजक गगन बहादुर सिंहले चोरी शिकारी नियन्त्रण समितिको अधिकारलाई बन्चित गरि जनताको हितमा कार्य नभएको हुदा चोरी शिकारी नियन्त्रण समितिका सम्पुर्ण पदाधिकारीहरुले बैठक बसेर राजिनामा गरेको बताएका छन् ।

चोरी शिकारी नियन्त्रण समितिले बिभिन्न जनहितको बिषयमा हिमालय मध्यवर्ती उपभोक्ता समिति लगाएत कार्यालयमा माँग राख्दै गर्दा समेत चाँसो नदेखाएको चोरी शिकारी नियन्त्रण समितिका पादधिकारीहरुको आरोप रहेको छ् ।


ताजा समाचार

spot_img