‘ईन्सपेक्टर शाहीको यातना सहन नसकी जागिरबाटै आवकाश हुन बाध्य भए’: प्रहरी जवान नरेन्द्र नाथ

राज्यले दिने सेवा सुविधाको विषय अघि सारेर प्रहरीमा दिनप्रतिदिन जागिर छाड्नेको ताँती चलिरहेका बेला उच्च प्रहरीले निम्न प्रहरी कर्मचारीमाथि कुटपिट, दमन, हैकमबादी , ईगो, बैमनस्यतादेखि वाद विवादमा मुछिन थालेपछि नागरिकको समेत प्रहरीप्रति विश्वास घट्ने सर्वत्र चिन्ता गरिएको छ ।


कञ्चनपुर :  कञ्चनपुर सरुवा भएर आएदेखि विभिन्न समयमा विवादमा मुछिदै आएकी प्रहरी निरीक्षक विनु शाही फेरी विवादमा मुछिएकी छिन् । नेपाल प्रहरीका एक तल्लो स्तरका कर्मचारीले अधिकृत कर्मचारीको दमन सहन नसकेर जागिरबाट विदा भएको दुखेसो पोखेका छन । प्रहरी जवान नरेन्द्र नाथले ईन्सपेक्टर बिनु शाहीले आफुमाथि बर्बर दमन गर्दा यातना सहन नसकी बाँध्य भएर जागिर छाडेको दुखेसो पोखेका हुन ।

सोमबार महेन्द्रनगर खुला मञ्चमा पत्रकार सम्मेलन गर्दै प्रहरी जवान नाथले प्रहरीभित्र नै दमन, अन्याय, अत्याचार हुने भएकाले आफुले सबै प्रहरी अधिकृतको साथ सर्मथन पाएपनि ईन्सपेक्टर शाहीको यातना सहन नसकी राजिनामा दिएको बताए । उनले २२ पुष ०८० जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा विदा थप्नका लागि गएका बेला ईन्सपेक्टर शाहीले फिल्मशैलीमा थुनेको बताए । ‘म आमा बिरामी भएपछि विदा थप्नका लागि जिप्रका गएका थिए, जिप्रकामा हामी दुई चार जना साथिभाई भलाकुसारी गर्दै थिए, एक्कासी हामी भएको ठाँउमा ईन्सपेक्टर शाही आएर कुटपिट गर्दै थुनिदियो, ‘उनले भने, ‘मेरो गल्ती नहुँदा नहुँदै पनि चार दिन हिरासतमा राखिदियो ।’ शारिरिक हैरान, मानसिक यातनादेखि कुटपिट गरेको उनले आरोप लगाए । ‘उच्च पदस्थ हुँ भन्दैमा घमण्डले आफुमाथि निर्घात कुटपिट गरियो, अनि बिना करण थुनिदियो, ‘उनले भने, ‘उच्च प्रहरी कर्मचारीबाटै हामी जस्ता निम्न कर्मचारीमाथि यसरी दमन गरियो ।’ आफुलाई लात्ताले साउथ ईन्डियन फिल्मशैलीमा कुटपिट गरेर छाडिएको उनको दुखेसो छ । ‘मलाई कुटपिट ग¥यो, म लाजले बाहिर निस्किएन, त जहाँ जान्छस, त्यही तेरो जागिर खाईदिन्छु, कि राजिनामा गर भन्दै मलाई दवाव दिएपछि बाध्य भएर पवित्र संगठनमा सेवा गर्ने चाहना हुँदाहुँदै बिदा हुनुप¥यो ।’

आफुलाई तैले मेरो लागि बोतल ल्याईनस् भन्दै होच्चाएर समेत कुटपिट गरेको नाथको दुखेसो छ । आफु विदा स्वीकृत र साथी सुरेन्द्र चन्दको विदा बारे बुझ्नका लागि जिप्रका जाँदा सुर्ति पुकार ल्याएको आरोपमा यातना दिनुसम्म दिएको उनको भनाई छ । जागिर गरेको ११ बर्षसम्म प्रहरी अधिकृत कर्मचारीले नलगाएको आरोप ईन्सपेक्टर शाहीले लगाएपछि बाध्य भएर जागिर छाड्न लागेको उनको दुखेसो छ । आफ्ना बिरुद्धमा एसपी साप संग नानाथरीका कुरा लगाएपछि बाध्य भएर संगठन नै परित्याग गर्नु परेको उनको भनाई छ । आफुले १९ माघ ०८० मा राजिनामा दिएको बताए । आफुलाई फसाउनका लागि जिप्रका भित्रै योजना रचेपछि यस्तो आरोप लाग्नु भन्दा राजिनामा दिएको र आत्महत्याबाट घर परिवारले बचाएको रोदन पोखे । मुलुकमा लोकतन्त्र आएपछि प्रंहरीभित्र केही हाकिम जंगीशैलीकै भएकाले नागरिक प्रहरी बिरुद्धमा देखिएको आफ्नो अनुभव रहेको उनले बताए । आफु बागफाँटा चौकीमा कार्यरत हुँदा एक सेवाग्राहीको सुन हराएको विषयमा आफुमाथि आरोप लगाएको उनको भनाई थियो । उनले ईन्सपेक्टर शाही हालै पासिङ्ग आवट भएर जिप्रका कञ्चनपुर आउँदा भित्र र बाहिर काण्डै काण्ड मच्चाएर विवादित बनिरहेको अवस्थामा समेत उनमाथि समान्य सोधपुछ घटनाको छानबिन नहुनु दुखत विषय भएको बताए । आफु जस्तै अन्य प्रहरी कर्मचारी देखि सेवाग्राही बिनुको कार्यशैली, व्यवहारबाट पीडित भएको उनको आरोप छ । प्रहरी जवान नाथले राजिनामा स्वीकृत हुने भएपछि बैदेशिक रोजगारीका लागि जान लागेको बताउँदै न्यायका लागि घटनाको छानबिनको माग अघि सारेका छन । उनले उक्त दिनको जिप्रकाको सिसिटीभी फुटेको समेत माग गरेका छन ।

प्रहरी निरीक्षक बिनु शाहीले आफुले प्रहरी जवान नरेन्द्र नाथलाई कुटपिट र यातना नदिएको दावि गरेकी छिन । उनले थुनुवा भेट्नका लागि सूर्ति, पुकार ल्याएर थुनुवा कक्षमा जाँदा प्रहरी नियमावली अनुरुप थुन्नेदेखि शारिरिक यातना दिएको बताईन । ‘हाम्रो प्रहरी नियमावलीमा कर्मचारीले गल्ती गरे शारिरिक यादना दिने प्रावधान छ, त्यही अनुरुप नाथलाई पनि नैसियल दिएका हौँ, ‘उनले भने, ‘नाथले भने अनुरुप उनीमाथि दमनदेखि अन्याय, जागिर छाड्न बाध्य पारेको होईन ।’ प्रहरी जवान नाथ बागफाँटा चौकीमा कार्यरत हुँदा उनले सेवाग्राहीको सुनमा अनुचित कार्य गरेको हुँदा कार्बाही गरेको झोकमा राजिनामा गएको बताए । ‘आफुले नाथलाई यातना नदिएको र यदि उनले प्रमाण ल्याए आफु कार्बाही भोक्न तयार छु, ‘ईन्सपेक्टर शाहीले भनिन, ‘खाली मिडिया, समाजिक सञ्जालमा मेरो बिरुद्धमा जानुको अर्थ छैन ।’

प्रहरी जवान नाथ र निरीक्षक शाहीविचको यो वाद विवाद बाहिर आएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले समेत नाथका विभिन्न नसियद रहेको जनाउँदै वास्तविक पिरमर्का परेको भए गुनासो सुन्ने अधिकारी कहाँ नआएको जनाएको छ । राज्यले दिने सेवा सुविधाको विषय अघि सारेर प्रहरीमा दिनप्रतिदिन जागिर छाड्नेको ताँती चलिरहेका बेला उच्च प्रहरीले निम्न प्रहरी कर्मचारीमाथि कुटपिट, दमन, हैकमबादी , ईगो, बैमनस्यतादेखि वाद विवादमा मुछिन थालेपछि नागरिकको समेत प्रहरीप्रति विश्वास घट्ने सर्वत्र चिन्ता गरिएको छ ।


ताजा समाचार

spot_img