मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समितिको बैठक सम्पन्न


कञ्चनपुर :  मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समितिको बैठक सम्पन्न भएको छ । मानव बेचबिखन रोकथामको लागि काम गर्दै आईरहेको माइति नेपाल कञ्चनपुरले आफ्नो एक वर्षको कार्य प्रगति समिक्षा कार्यक्रम गरेको छ । २०२३ जनवरी देखी डिसेम्बर सम्म गरेको वार्षिक कार्यको समिक्षा गरेको हो ।

मानव बेचविखनको लागि लामो समय देखि काम गर्दै आईरहेको माइती नेपालले सिमा क्षेत्रमा महिला तथा बालबालिका बेचबिखनको लागि गरको कार्य प्रगतिको प्रतिवेदन सार्वजनिक गरको छ जसमा सिमा क्षेत्रमा रोकथाम ११८ जना (गड्डाचौकी सिमानाका ९५ र झोलुङे पुल २३ जना), भारतबाट उद्धार २५ जना –गुजरात १, मुम्बई ४, दिल्ली ३, पुना ६, साग्ली ३, पंजाब २, पिथौरागड २, हिमाचाल ४ जना) मनोसामाजिक परामर्श १५२ जना, सिमानाकामा सवारी साधन चेकजाँच ४५३३ वटा, मानव बेचविखन तथा सुरक्षित बसाई सराई बारे परामर्श प्रदान २४,१९३ जना, परिवारिक पुनर्मिलन १२७ जना लगायतका जस्ता कार्यहरु गरेको माईती नेपालकी संयोजक महेश्वरी भट्टले बताईन् ।

माईती नेपालकी संयोजक महेश्वरी भट्टले मानव बेचबिखन रोकथाम गर्ने क्रममा धेरै समस्या रहेको बताईन ‘गरिबी, बेरोजगारी, खुल्ला सिमाना, मोबाइल फोन तथा सामाजिक संजालको दुरुपयोग, मुन्द्रेको प्रयोग (मोटर साईकल बाट ओसार पसार) सीमापार गराउन घर परिवारकै संलग्नता जस्ता कार्यले गर्दा मानव बेचबिखन रोकथाम समस्या र चुनौती रहको संयोजक भट्टले बताइन् ।’

कार्यक्रममा सहभागीहरूले चेलीबेटी बेचबिखन जस्तो जघन्य अपराधहरूको नियन्त्रणका लागी माइती नेपाल मात्र नभई सबै स्थानीय सरकारहरू जिम्मेवारी बहन गर्नु पर्ने बताएका छन् । कार्यक्रममा जिल्ला प्रशासन कार्यलय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, सहकाय जिल्ला अधिकारी नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्ला बारका प्रतिनिधि र संघसंस्थाहरुको सहभागिता रहेको थियो ।


ताजा समाचार

spot_img