कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका ५ बनगाँउमा रहेको सत्यवादी माध्यामिक विद्यालयको बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । मंगलबार एक कार्यक्रमका विच सत्यवादी माध्यामिक विद्यालयको ४१औैँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयका प्रद्यानाध्यापक सुरेन्द्र सिह साउदले विद्यालयको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको शैक्षिक गुणस्तरमा प्रतिबद्धता जनाएका छन ।

प्रअ साउदले विद्यालयको बृद्धि विकासका लागि सरोकारवालाको भूमिका समेत रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुप प्रदेश सभा सदस्य मधु भारतीले विद्यालयको बृद्धि विकासमा आफ्नो तर्फबाट सहयोगको प्रतिबद्धता जाहेर गरेकी छिन । बिशिष्ठ अथिति समेत रहेकी भीमदत्त नगरकी उपप्रमुख निलम लेखकले विद्यालयको विकासमा पालिकाबाट सहयोगको बचन दिईन । प्रअ साउदले जेहेन्दार, गरिब विद्यार्थीको पारिवारिक आर्थिक समस्याका कारण पढाईमा प्रभाव गरेको जनाएपछि अथितिहरुले विद्यार्थी कल्याणकारी कोषमा सहयोगको प्रतिबद्धता जाहेर गरेका छन ।

कार्यक्रममा अभिभावक, विद्यार्थी, समितिका पदाधिकारी, जनप्रतिनिधी, पुर्व शिक्षक, पदाधिकारीलाई सम्मान गरिएको थियो । सुदूरको लोक संस्कृति झल्किने साँस्कृति कार्यक्रम प्रस्तुत गरेका थिए । शिक्षक जगदिश ओझाले कार्यक्रमको संचालन गरेका थिए, भने अर्का शिक्षक खेमराज जोशीले स्वागत मन्तव्य राखेका थिए । विद्यालय व्यवस्थापन समितिका अधयक्ष रमेश दयालको अध्यक्षतामा भएको कार्यक्रममा अभिभावक, विद्यार्थी सहितको सहभागिता रहेको थियो ।







