महेन्द्रनगर: आइसी वाइ सि वडाध्यक्ष कप फुटबल प्रतियोगिताको ६ औं संस्करणको उपाधी कोहिनुर स्पा फुटबल क्लबले हात पारेको छ।

इटाहा चारपाते युवा क्लबले देखतभुलिको खेलमैदानमा आयोजना गरेको छैठौं आई सि वाई सि वडाध्यक्ष कप फुटबल प्रतियोगिताको च्याम्पियन कुहिनुर स्पा फुटबल क्लब बनेको हो।

माघ १५ गते सोमबारका दिन भएको प्रतियोगिताको फाइनल खेल इटाहा चारपाते युवा क्लब रातो र कोहिनुर स्पा फुटबल क्लब बिच भएको रोमाञ्चक खेलमा निर्धारित समयमा गोल रहित खेलेपछि खेल ट्राइवेकरमा पुगेको थियो। ट्राइबेकरमा कोहिनुर स्पा फुटबल क्लबले ३-२ गोलको अन्तरले इटाहा चारपाते युवा क्लब लाई हराउदै उपाधि रक्षा गरेको हो।

कोहिनुर स्पा फुटबल क्लबले नगद १ लाख १ हजार १ सय ११ रुपैया ट्रफी प्रमाणपत्र हात पारेको छ। भने उपविजेता टिम इटाहा चारपाते युवा क्लब रातोले ५५ हजार १ सय ५५ रुपैया ट्रफी प्रमाणपत्र मेडलमा चित्त बुझाएको छ।
खेलमा उत्कृष्ट खेलाडी कोहिनुरका करन पुरी, वेस्ट गोलकिपर कोहिनुर कै खम्व देउवा, उत्कृष्ट मिडफिल्ड आईसिवाईसिका ओम प्रकास चौधरी, उत्कृष्ट डिफेन्डर कोहिनुरका भुवन जोशी, वेस्ट स्कोरोर आयोजकका शैलेस बोहरा र उदयमान खेलाडी आयोजकका सिमान राना घोषित भए । फाइनल खेलको म्यानअफ द म्याच उपाधी कोहिनुर स्पाका गोलकिपर कुम्भ देउवाले हात परेका छन् ।
प्रतियोगिता माघ ५ देखि १५ गते सम्म सञ्चालन भएको थियो। उक्त प्रतियोगितामा २६ टिमको सहभागिता रहेको थियो।
२०७३ सालमा स्थापित ईटाहा चारपाते युवा क्लबले आईसीवाईसि ७ वर्षदेखि निरन्तर रुपमा आईसीवाईसि कप आयोजना गर्दै आएको छ ।






